२८ माघ २०८२, बुधबार | February 11, 2026

वाफ महिला च्याम्पियनसिप : पहिलो हाफ सकिँदा नेपालको अग्रता



काठमाडौं । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र जोर्डनबीच अहिले फाइनल खेल भइरहेको छ । नेपालले पहिलो हाफको खेल सकिँदा १–० गोलको अग्रता लिएको छ ।

साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी रङ्गशालामा पहिलो हाफमा नेपालका लागि सविता राना मगरले गोल गरेकी हुन् । उनले खेलको २९औँ मिनेटमा गोल गरिन् । पहिलो हाफमा नेपालले जोर्डनमाथि दबाब सिर्जना गरेको थियो ।

वाफ च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो । जोर्डनले भने पाँच पटक उक्त उपाधि जितिसकेको छ । नेपालले फाइनल खेलमा मुख्य खेलाडी सावित्रा भण्डारीलाई गुमाएको छ । सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेङ्गाम्पमा अनुबन्ध भएका कारण आजै फ्रान्सतर्फ प्रस्थान गरेकी छिन् ।

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो । जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

नेपाली टोलीमा गोलकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर छन् । डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, बिमला विक, अमृता जैशी, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी छन् । यस्तै मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल तथा फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ र सबिता राना मगर छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १० : ५२ बजे

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा