२४ भदौ २०८१, सोमबार | September 9, 2024

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल, धम्बोझी क्लबको सहज जित



कोहलपुर । बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा धम्बोझी क्लबले जित हासिल गरेको छ । प्रतियोगिताको सेमिफाइनल पुगिसकेको धम्बोझी क्लबले नवदुर्गा युवा क्लबलाई ३–० ले पराजित गरेको छ ।

आईतबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा धम्बोझीका लागि प्रेम बहादुर सुनारले २ गोल र क्षितिज थापा मगरले १ गोल गरे । खेलमा प्लेयर अफ द म्याच घोषित भएका प्रेमले २४औं र ४१औं मिनेटमा गोल गरेका थिए । क्षितिजले २०औं मिनेटमा गोल गरेका थिए । प्लेयर अफ द म्याच प्रेमलाई जीवन ज्योती स्कुलका प्रिन्सिपल फादर जोमन जेन्सले पुरस्कृत गरे । बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ ।

लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।

यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा मिलन युवा स्पोर्टस क्लब र कारकादो युवा स्पोर्टस क्लबबीच हुनेछ । अर्को खेलमा नवदुर्गा युवा क्लब र कोहलपुर रेसिङ सहारा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : ५७ बजे

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बैठक

सत्ता साझेदार दलको बैठक आज बस्दै, के के छन् एजेण्डा ?

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको

स्वीजरल्याण्डमाथि स्पेनको शानदार जित

काठमाडौं । स्पेनले युइएफए नेसन्स लिग अन्तर्गत स्वीजरल्याण्डलाई फराकिलो अन्तरले

रोनाल्डोको निर्णयक गोलमा पोर्चुगलको जित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा

आजको मौसम : बाग्मतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा बिहान वर्षा भइरहेको छ ।