९ श्रावण २०८३, शनिबार | July 25, 2026

बिहेको निम्तो मान्न भारत आइपुगे फेसबुकका संस्थापक मार्क जुकरबर्ग



नयाँदिल्ली । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ समारोहमा सहभागी हुने सेलिब्रेटीहरूको सूची लामो देखिएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो बिबाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन् । उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए जहाँ उनलाई विमानस्थलमा गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो ।

मार्क जुकरबर्ग भन्दा पहिले एमार प्रोपर्टीजका संस्थापक मोहम्मद अलब्बर पनि जामनगर पुगिसकेका छन् । इमार प्रोपर्टीज, त्यही हो, जसले बुर्ज खलिफा बनाएको थियो । हाल इमार विश्वका ८० देशमा काम गरिरहेको छ ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्व समारोहमा धेरै बलिउड सेलिब्रेटीहरू सहभागी भएका छन् । अहिलेसम्म शाहरुख खान, सलमान खान, रणवीर कपुर, आलिया भट्ट, अर्जुन कपुर र जान्हवी कपुर समारोहमा सहभागी हुन जामनगर पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

यसैगरी, भारतका अर्बपति मुकेश अम्बानीको छोराका बिबाहमा सहभागी हुनका लागि फेसबुकका संस्थापक मार्क जुकरबर्ग, माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स, साउदी आरामकोका अध्यक्ष यासेर अल रुमायान, एनभी इन्भेष्टमेन्टका संस्थापक भिभी नेभो, हार्वर्ड बिजनेस स्कूलका पूर्व डिन नितिन नोहरिया, सीसीआरएम न्यूयोर्कका संस्थापक साझेदार डा. ब्रायन लेभिन, सोनीका सीईओ केनिचिरो योशिदालगायत रहेका छन ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : ३३ बजे

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा