२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेपाली चलचित्रलाई सरकारले प्रोत्साहन गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चलचित्र कला, संस्कृतिसँगै इतिहासको दस्ताबेज भएकाले सरकारले सदैव प्रोत्साहित गर्ने बताएका छन् । आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा नेपाली चलचित्र ‘गोर्खा वारियर’ हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दैै उनले यस्ता चलचित्र निर्माणको सङ्ख्या बढाउन आग्रह गरे ।

उनले भने, “चलचित्र समाजको ऐना हो, यो कला र संस्कृतिको दस्तावेज पनि हो, गोर्खा वारियरमा गोर्खालीको वीरतासँगै उक्त समय कला र संस्कृतिलाई पनि समेटिएको छ, यसले अहिलेको पुस्तासम्म उक्त समयलाई ल्याएको छ, नेपाली र नेपाल चिनाउने चलचित्र निर्माण गर्नुभएकामा म सम्पूर्ण टोलीलाई बधाई दिन चाहन्छु ।” उनले कला र चलचित्र क्षेत्रको हितका लागि आफू तथा सरकार सदैव तयार रहेको बताए ।

चलचित्रका लेखक र निर्देशक मिलन चाम्सले गोर्खालीको चलचित्रलाई गृहमन्त्री श्रेष्ठले हेरेपछि आफूसहित निर्माण समुहलाई हौसला मिलेको बताए । “चलचित्र दोस्रो सातामा प्रदर्शन भइरहँदा नेपाल सरकारका उच्च अधिकारीको उपस्थितिले हामीमा नयाँ ऊर्जा थपिएको छ, पुर्खाले वीर गोर्खालीका रुपमा पाउनुभएको सम्मानलाई पर्दामार्फत विश्वसामु पु¥याउन कुनै सम्झौता गरेका छैनौँ”, निर्देशक चाम्सले भने ।

विशेष प्रदर्शनीमा उपस्थित अभिनेता रितेश चाम्स, निर्माता सुमन राई, वितरक करण श्रेष्ठलगायतले पनि चलचित्रको विषयमा चर्चा गरेका थिए । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ ।

यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुन् । उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिएका थिए । चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १० : ०१ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा