३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

नेपाली चलचित्रलाई सरकारले प्रोत्साहन गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चलचित्र कला, संस्कृतिसँगै इतिहासको दस्ताबेज भएकाले सरकारले सदैव प्रोत्साहित गर्ने बताएका छन् । आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा नेपाली चलचित्र ‘गोर्खा वारियर’ हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दैै उनले यस्ता चलचित्र निर्माणको सङ्ख्या बढाउन आग्रह गरे ।

उनले भने, “चलचित्र समाजको ऐना हो, यो कला र संस्कृतिको दस्तावेज पनि हो, गोर्खा वारियरमा गोर्खालीको वीरतासँगै उक्त समय कला र संस्कृतिलाई पनि समेटिएको छ, यसले अहिलेको पुस्तासम्म उक्त समयलाई ल्याएको छ, नेपाली र नेपाल चिनाउने चलचित्र निर्माण गर्नुभएकामा म सम्पूर्ण टोलीलाई बधाई दिन चाहन्छु ।” उनले कला र चलचित्र क्षेत्रको हितका लागि आफू तथा सरकार सदैव तयार रहेको बताए ।

चलचित्रका लेखक र निर्देशक मिलन चाम्सले गोर्खालीको चलचित्रलाई गृहमन्त्री श्रेष्ठले हेरेपछि आफूसहित निर्माण समुहलाई हौसला मिलेको बताए । “चलचित्र दोस्रो सातामा प्रदर्शन भइरहँदा नेपाल सरकारका उच्च अधिकारीको उपस्थितिले हामीमा नयाँ ऊर्जा थपिएको छ, पुर्खाले वीर गोर्खालीका रुपमा पाउनुभएको सम्मानलाई पर्दामार्फत विश्वसामु पु¥याउन कुनै सम्झौता गरेका छैनौँ”, निर्देशक चाम्सले भने ।

विशेष प्रदर्शनीमा उपस्थित अभिनेता रितेश चाम्स, निर्माता सुमन राई, वितरक करण श्रेष्ठलगायतले पनि चलचित्रको विषयमा चर्चा गरेका थिए । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ ।

यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुन् । उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिएका थिए । चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १० : ०१ बजे

सम्प्रेषित समाचार हटाउन भएको आदेश र पत्रकार विरुद्ध पक्राउ पुर्जीबारे यस्तोछ प्रेस काउन्सिलको धारणा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा सञ्चार माध्यमबाट सम्प्रेषित

विमान दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे भारतीय प्रधानमन्त्री मोदीले

अहमदाबाद। अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि

मुग्लिन । गर्मी बढेसँगै चितवनको इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको

पत्रकार पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्रीकाे स्वीकारोक्ति

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्री

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

नेपालगन्ज । राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट