१३ बैशाख २०८३, आइतबार | April 26, 2026

त्रिकोणात्मक टी-२० आई सिरिज : आज नेदरल्याण्डससँग नेपाल खेल्दै, फाइनलमा पुग्न जित्नै पर्ने दबाब



काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । त्रिवि मैदान कीर्तिपुरमा खेल बिहान साढे ११ बजेदेखि सुरू हुनेछ ।

अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्वपूर्ण छ । सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ ।

नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो । नेदरल्याण्ड्ससँगको पहिलो खेलमा २ रनले पराजित भएको थियो । हिजो नामिबियासँग भएको दोस्रो खेलमा भने नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको थियो । शनिबार नेदरल्याण्ड्सविरूद्ध जित निकाल्न सके नेपाल सिरिजको फाइनल पुग्ने सम्भावना कायम रहन्छ ।

सिरिजमा दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स दुवै खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ । नेपाल र नामिबियाको समान २/२ अंक छ । नेट रन रेटका आधारमा नेपाल दोस्रो र नामिबिया पुछारमा छ ।

आजको खेल जित्न सक्दा नेपालको दुई अंक जोडिन्छ । नामिबियाले भोलि नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपालले आज जित्दा र भोलि नामिबियाले हार्दा पनि नेदरल्याण्ड्स र नेपालले सिरिजको फाइनल खेल्ने छन ।

शुक्रबार नामिबियाविरूद्ध अनिल साह र आशिफ शेखले ओपनिङ गरेका थिए। कुशल भूर्तेललाई बेञ्चमा राखिएको थियो । नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएकोमा अन्तिम ओभरमा करण केसीले उत्कृष्ठ बलिङ गर्दा नेपाल ३ रनले विजयी भएको थियो ।

हिजोको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका थिए । आजको खेलमा पनि नेपाल उत्कृष्ट प्रदर्शन र जितको खोजीमा रहनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५ औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

खेल तालिका

नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।

नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ७ : ३३ बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण