१३ श्रावण २०८३, बुधबार | July 30, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा दातृ निकायको चासो : मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने प्रतिवद्धता



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुले चासो व्यक्त गरेका छन् । पछिल्लो समय अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य र पोषण सुरक्षणको क्षेत्रमा अस्पतालले गरेका गतिविधिलाई मुल्याङ्कन गर्दै उनीहरुले थप सहयोगको प्रतिवद्धता गरेका हुन् ।

नेपालका लागि बेलायती राजदुत कार्यालयका प्रतिनिधि पिप्पा वर्ड, विश्व बैंकका प्रतिनिधि फरिस हेडेड जेरोस, स्वीस डेभलप्मेन्ट कोअप्रेशनका प्रतिनिधि डेनिल म्याली, एशिया विकास बैंकका प्रतिनिधि लगायतले अस्पतालको निरीक्षणपछि आफूहरु सहयोग बढाउन इच्छुक रहेको बताएका हुन् ।

अस्पतालमा रहेको प्रसुती कक्ष, मेटामेटिक, लेवर वार्ड, एनआईसीयू, एसएनसीयू, पोषण पुनःस्थापना केन्द्र, ओसिएमसी कक्ष लगायतको निरीक्षणपछि उनीहरुले प्रशंसा व्यक्त गर्दै सयहयोगको हात बढाउन आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । विशेष गरी शिशुको पोषण तथा मातृ मृत्युदरलाई कम गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने सवालमा हातेमालो गर्न सधै तयार रहेको उनीहरुले प्रतिवद्धता गरे । लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो समय गरेका सुधार तथा सेवाबाट आफूहरु प्रभावित भएको दातृ संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

प्रतिनिधिहरुसँगको अन्तरक्रियामा बोल्दै अस्पतालमा मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले विशेष गरी प्रसुती सेवा तथा पोषण पुनःस्थापना केन्द्रमा उल्लेख्य सुधार ल्याउन सफल भएको जानकारी गराए । न्यूनतम सेवा मुल्याङ्कन मापदण्डमा समेत ८८ प्रतिशत अंक ल्याएर नेपालकै उत्कृष्ट बन्न सफल भएको जानकारी गराउँदै मेसु थापाले स्वास्थ्य सेवा सुधारका लागि सहयोगकी निकाय तथा संस्थाहरुसँग हातेमालो गर्न आफूहरु सधै तयार रहेको जनाए ।

अस्पताल निरीक्षणको अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य सेवाको सुधारमा उपमहानगरबाट समेत आवश्यक पहल तथा सहयोगको प्रतिवद्धता गरे । यसैगरी उपमहानगर अन्तरगत रहेको स्वास्थ्य महाशाखा तथा स्वास्थ्यकेन्द्रहरुबाट भएका क्रियाकलाप बारे विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : ५६ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ