२८ माघ २०८२, बुधबार | February 11, 2026

नेपालको वैदेशिक सम्बन्ध एक सय ८२ देशमा विस्तार, टोङ्गासँग कूटनीतिक सम्बन्ध स्थापना



काठमाडौं । नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ ।

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र सोही विश्व संस्थाका निम्ति टोङ्गाका स्थायी प्रतिनिधि भिलिमी भ्याइङ्गा टोनेले हस्ताक्षर गरेका हुन् । नेपाल र टोङ्गाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्रदान गरिने पत्रमा पनि उनीहरुले हस्ताक्षर गरेका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा दुवै देशका स्थायी प्रतिनिधिले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको उक्त नियोगले जनाएको छ ।

त्यस अवसरमा दुवै देशका राजदूतले पारस्परिक सहयोग, द्विपक्षीय सम्बन्ध विस्तारका साथै क्षेत्रीय एवं अन्तरराष्ट्रिय मञ्चहरुमा सहयोग एवं साझेदारी प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

टोङ्गाले १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको हो । नेपाल र टोङ्गा ग्रुप ७७ र चीनका सदस्य हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ११ : ५५ बजे

अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा प-यो : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि

‘ग्रे लिष्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले

प्रतिनिधिसभा निर्वाचन : ५३ जिल्लाको एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३०को जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले