२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

आर्थिक कूटनीति प्रवर्द्धनमा परराष्ट्रसचिवको जोड



काठमाडौं । नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकमा भाग लिन ओमानको राजधानी मस्कट पुगेकी परराष्ट्रसचिव सेवा लम्सालको अध्यक्षतामा मङ्गलबार मध्यपूर्व एसियास्थित नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत, श्रम काउन्सेलर एवं श्रम सहचारीलगायत नियोगमा कार्यरत कर्मचारीको उपस्थितिमा श्रव्यदृश्यका माधयमबाट बैठक आयोजना गरियो ।

उक्त बैठकमा अनलाइन मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, व्यापार, लगानी, पर्यटन तथा रोजगार प्रवर्द्धन, नेपाली नियोगमा स्रोत-साधनको व्यवस्थापनबारे विस्तृत रूपमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

त्यस अवसरमा परराष्ट्रसचिवबाट डिजिटल सुशासन लागू गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणको अनलाइन प्रक्रियालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सचिव लम्सालले निर्देशन दिइन । साथै श्रमिकका समस्या समाधान गरी वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन सबैको सार्थक भूमिका हुनुपर्ने बताउँदै उनले आर्थिक कूटनीति प्रवर्द्धनका लागि सक्रियातापूर्वक लाग्न निर्देशन दिइन ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ०९ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका