७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना महामारी मत्थर भएसँगै उच्चस्तरीय कूटनीतिक भ्रमण बाक्लियो



काठमाडौं । कोरोना महामारी मत्थर हुँदै गएपछि उच्चस्तरीय कूटनीतिक भ्रमणहरु बाक्लिएको छ ।

पछिल्ला दिनहरुमा विदेशी उच्चस्तरीय व्यक्तिले नेपालको भ्रमण र नेपालका उच्चस्तरीय व्यक्तिले विदेशको भ्रमण गर्ने क्रम बढेको हो ।

गत साता साउदी अरवका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले नेपाल भ्रमण गरेका थिए । दुई दिने नेपाल भ्रमणको सिलसिलामा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

साउदी विदेशमन्त्री साउद नेपाली समककक्षि डा. नारायण खड्कासँग द्विपक्षीय बैठकमा सहभागी भएका थिए । बैठकमा ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’मा दुई देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका थिए ।

साउदी अरवका विदेशमन्त्री नेपाल आउनुअघि परराष्ट्रमन्त्री खड्काले टर्कीको भ्रमण गरेका थिए । एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी फागुनको अन्तिम साता टर्की गएका थिए । त्यहाँ उनले टर्कीका विदेशमन्त्री लगायत अन्य देशका समकक्षिसँग भेटवार्ता गरेका थिए ।

गत फागुनको अन्तिम साता नै फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा एक टोलीले नेपाल भ्रमण गरेको थियो ।

नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आएका थिए । नेपाल भ्रमणका बेला उनीहरुले माधवकुमार नेपालका अलवा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

गत साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले युनाइटेड अरब इमिरेट्स ९युएई०को भ्रमण गरेका छन् । उनले नेपाली कामदार र भिजिट भिसामा युएई पुगी दुःख पाएका नेपालीका विषयमा युएईका समकक्षिसँग छलफल गरेका थिए ।

चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सीलर वाङ यी आउँदो साता नेपालको भ्रमण गर्नेछन् । उनले चैत १२ र १३ गते नेपालको भ्रमण गर्ने जनाइएको छ । नेपाल भ्रमणका बेला उनले परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन् भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला बेल्ट एण्ड रोड इनिसिएटिभ्स ९बीआरआई० अन्तर्गत नेपालले तयार पारेका ९ वटा आयोजनाका विषयमा छलफल हुने जनाइएको छ ।

चिनियाँ विदेशमन्त्री फर्किएसँगै २५ सदस्यीय अमेरिकी सांसदहरुको टोलीले नेपालको भ्रमण गर्नेछ । नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा उनीहरु नेपाल आउन लागेका हुन् । नेपाल र अमेरिकाबीच सन् १९४७ अप्रिल २५ का दिन कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत तेस्रो साता श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सम्भवत उनी चैत १६ गते श्रीलंका तर्फ प्रस्थान गर्नेछन् ।

श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को पाँचौं शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको साथमा परराष्ट्रमन्त्री खड्का पनि श्रीलंका जानेछन् ।

बिमस्टेकको चौथौं शिखर सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् । सम्मेलनमा सात वटै देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ४० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११