१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोरोना महामारी मत्थर भएसँगै उच्चस्तरीय कूटनीतिक भ्रमण बाक्लियो



काठमाडौं । कोरोना महामारी मत्थर हुँदै गएपछि उच्चस्तरीय कूटनीतिक भ्रमणहरु बाक्लिएको छ ।

पछिल्ला दिनहरुमा विदेशी उच्चस्तरीय व्यक्तिले नेपालको भ्रमण र नेपालका उच्चस्तरीय व्यक्तिले विदेशको भ्रमण गर्ने क्रम बढेको हो ।

गत साता साउदी अरवका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले नेपाल भ्रमण गरेका थिए । दुई दिने नेपाल भ्रमणको सिलसिलामा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

साउदी विदेशमन्त्री साउद नेपाली समककक्षि डा. नारायण खड्कासँग द्विपक्षीय बैठकमा सहभागी भएका थिए । बैठकमा ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’मा दुई देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका थिए ।

साउदी अरवका विदेशमन्त्री नेपाल आउनुअघि परराष्ट्रमन्त्री खड्काले टर्कीको भ्रमण गरेका थिए । एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी फागुनको अन्तिम साता टर्की गएका थिए । त्यहाँ उनले टर्कीका विदेशमन्त्री लगायत अन्य देशका समकक्षिसँग भेटवार्ता गरेका थिए ।

गत फागुनको अन्तिम साता नै फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा एक टोलीले नेपाल भ्रमण गरेको थियो ।

नेपाल–फ्रान्स अन्तर संसदीय समुहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आएका थिए । नेपाल भ्रमणका बेला उनीहरुले माधवकुमार नेपालका अलवा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

गत साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले युनाइटेड अरब इमिरेट्स ९युएई०को भ्रमण गरेका छन् । उनले नेपाली कामदार र भिजिट भिसामा युएई पुगी दुःख पाएका नेपालीका विषयमा युएईका समकक्षिसँग छलफल गरेका थिए ।

चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सीलर वाङ यी आउँदो साता नेपालको भ्रमण गर्नेछन् । उनले चैत १२ र १३ गते नेपालको भ्रमण गर्ने जनाइएको छ । नेपाल भ्रमणका बेला उनले परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन् भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला बेल्ट एण्ड रोड इनिसिएटिभ्स ९बीआरआई० अन्तर्गत नेपालले तयार पारेका ९ वटा आयोजनाका विषयमा छलफल हुने जनाइएको छ ।

चिनियाँ विदेशमन्त्री फर्किएसँगै २५ सदस्यीय अमेरिकी सांसदहरुको टोलीले नेपालको भ्रमण गर्नेछ । नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा उनीहरु नेपाल आउन लागेका हुन् । नेपाल र अमेरिकाबीच सन् १९४७ अप्रिल २५ का दिन कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत तेस्रो साता श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सम्भवत उनी चैत १६ गते श्रीलंका तर्फ प्रस्थान गर्नेछन् ।

श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को पाँचौं शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको साथमा परराष्ट्रमन्त्री खड्का पनि श्रीलंका जानेछन् ।

बिमस्टेकको चौथौं शिखर सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् । सम्मेलनमा सात वटै देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ४० बजे

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा