५ भदौ २०८३, शुक्रबार | August 21, 2026

त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्यान्डसले नेपाललाई दियो १२१ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत शनिबारको खेलमा नेदरल्यान्डसले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्डस्ले १९.३ ओरभमा १२० रन बनाएको हो ।

नेदरल्यान्डसका लागि म्याम्स उडले ३१, टिम भानले २४, रिलोफ भानले २३ र स्कट इडवार्डस् १८ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।

नेपाली बलरले शुरुआतदेखि नै नेदरल्यान्डसलाई दबाबमा राखे । करण केसीले पहिलो ओभरमै दुई विकेट लिए । त्यस्तै, प्रतिश जीसीले तीन, कुशल मल्लले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । नेदरल्यान्डसका दुई खेलाडी रन आउट भए ।

फाइनलको सम्भावना जोगाइराख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । नेदरल्यान्डस्को चार अंक छ भने नेपाल र नामिबियाको दुई-दुई अंक छ । नेदरल्यान्डस् र नामिबियाबीच एक खेल हुन बाँकी छ ।

अंक तालिकाको शीर्षस्थानमा रहेका दुई टोलीबीच फाइनल खेल हुनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १ : १८ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको