१ पुस २०८२, मंगलबार | December 16, 2025

त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्यान्डसले नेपाललाई दियो १२१ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत शनिबारको खेलमा नेदरल्यान्डसले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्डस्ले १९.३ ओरभमा १२० रन बनाएको हो ।

नेदरल्यान्डसका लागि म्याम्स उडले ३१, टिम भानले २४, रिलोफ भानले २३ र स्कट इडवार्डस् १८ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।

नेपाली बलरले शुरुआतदेखि नै नेदरल्यान्डसलाई दबाबमा राखे । करण केसीले पहिलो ओभरमै दुई विकेट लिए । त्यस्तै, प्रतिश जीसीले तीन, कुशल मल्लले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । नेदरल्यान्डसका दुई खेलाडी रन आउट भए ।

फाइनलको सम्भावना जोगाइराख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । नेदरल्यान्डस्को चार अंक छ भने नेपाल र नामिबियाको दुई-दुई अंक छ । नेदरल्यान्डस् र नामिबियाबीच एक खेल हुन बाँकी छ ।

अंक तालिकाको शीर्षस्थानमा रहेका दुई टोलीबीच फाइनल खेल हुनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १ : १८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज