२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

भोलिबाट बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन



नेपालगन्ज । प्रदेशमा युवा मैत्री निती निर्माणमा योगदान दिने उद्देश्य राख्दै बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन हुने भएको छ । आइतबारबाट ३ दिन सम्म चल्ने सम्मेलनले प्रदेशमा युवाहरुलाई स्वरोजगार बनाउँदै विदेश पलायनबाट रोक्न निती निर्माणमा सघाउ पु¥याउने विश्वास गरिएको छ ।

सम्मेलनको पूर्वसन्ध्यामा आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा एक राम्रो बिश्वका लागि युवा अभियान, युवा उद्यमशीलताको सृजनाः सम्भावना र रचनात्मक प्रवद्र्धन, प्रभावकारी शासकनका लागि युवा शसक्तिकरण, जलवायु कार्यमा युवा संलग्नता लगायतका बिषयमा छलफल गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल युवा परिषदका अध्यक्ष सरोज बानीयाले सम्मेलनले निकालेको निचोड प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय। समाजिक विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा बुझाइने जानकारी दिए । उनले सम्मेलनको निचोडले राज्यलाई युवा निती बनाउन सघाउ पुग्ने बताउँदै उनले स्थानीय पालिकाहरुले समेत युवा निती बनाउँदा सम्मेलनको निचोडले सहज बनाउने दाबी गरे ।

पर्यटन ब्यवसायी कृष्ण चौधरीले बाँकेको गाभर भ्यालीमा हुने सम्मेलनमा प्रदेशका १२ वटै जिल्लाको खानपान, भेषभुषा र संस्कृतिको प्रदर्शन सहित छलफल गरिने जानकारी दिए । उनले सम्मेलनमै थारु समुदायको परिकार घोँघी खाने प्रतियोगिता गरिनुका साथै प्रदेशको कला झल्कनेगरि सांस्कृतिक कार्यक्रम गरिने बताए । लुम्बिनी प्रदेशको रैथाने खानाको ब्राण्डिङ गर्न सम्मेलनले भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै चौधरीले लुम्बिनीमा पर्यटन उद्योगलाई सम्मेलनले सहयोग गर्ने दाबी गरे ।

१२ जिल्लाका २०५ युवाहरु सहभागी हुने सम्मेलनको उदघाटन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले र समापन प्रदेश सामाजिक विकास मन्त्री सिके गुप्ताले गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  २ : २९ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

वासिङ्टन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने