५ भदौ २०८३, शुक्रबार | August 22, 2026

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी



खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने र कुलतमा फँस्ने गरेको सरोकारवालाहरुले बताएका छन् । आदर्श युवा सञ्जाल, खजुराले आयोजना गरेको समृद्धिमा युवाको भुमिका विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले नेपालमा रोजगारी नहुनु र भएको कृषि उद्यमको पनि इज्जत कायम गर्न नसकेका कारण युवाहरु पलायन हुन बाध्य हुनुपरेको बताए ।

उनीहरुले नेपालमा कृषि उद्यमको ठुलो सम्भावना भएपनि कृषिमा लाग्ने कृषकहरुको समाजमा इज्जत र प्रतिस्ठा कायम गर्न नसकिँदा युवाहरु कृषि पेशामा आकर्षित हुन नसकेको बताए । स्थानीय सरकारले निती तथा कार्यक्रम ल्याउँदा युवा लक्षित कार्यक्रम ल्याउन आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाकी अध्यक्ष मन्जु मल्लले गाउँपालिकाले युवाहरु लक्षित सिपमुलक तालिमहरु संचालन गरिरहेको बताइन् । युवाहरुलाई स्वदेशमै रोक्न पालिकाले पलम्बीङ, ड्राइभिङ, एसी मरमत, वायरिङ जस्ता स्वरोजगार मुलक तालिम संचालन गरेको जनाउँदै उनले तालिम लिएर रोजगार बन्न भन्दा विदेशीने रहरले समस्या उत्पन्न भएको बताइन् । उनले पालिकाले खजुराकै सवारी चालक राख्न खोज्दा पाउन नसकेको गुनासो गरिन् ।

उपाध्यक्ष मल्लले आदर्श युवा सञ्जालले समाजममा गरेका कामहरुले सकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै सरकारले गर्नुपर्ने काम गरेकोमा धन्यबाद ज्ञापन गरिन । उनले सञ्जालका हरेक सकारात्मक कार्यमा स्थानिय सरकार सहयोगी बन्ने प्रतिवद्धता व्यक्त गरिन ।

खजुरा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एकमाया विकले समाज रुपान्तरणका लागि युवाको भुमिका अपरिहार्य रहेको उल्लेख गरिन । कार्यक्रममा बोल्दै विकले स्थानिय सरकारले युवा लक्षित कार्यक्रम ल्याउन नसकेको आरोप लगाइन् । उनले अघिल्लो सरकारले थालेका योजनाहरुलाई अलपत्र पारेर वर्तमान पालिका नेतृत्वले युवाहरुको रोजगारीको अवसर गुमाएको गुनासो गरिन् ।

खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रिले खजुराको विकासमा युवा सहभागिता बढेको र त्यसलाई स्थानीय सरकारले पनि प्राथमिकता दिदै आएको बताए । उनले युवा लक्षित कार्यक्रम खुलकुदमा मात्र केन्द्रीत भएको भन्दै त्यसलाई अन्य कार्यमा पनि लगानी हुनु पर्ने बताए ।

प्रखर परोपकार मिसन नेपालका अध्यक्ष महेन्द्र मल्लले आदर्श युवा सञ्जालका हरेक क्रियापलापलाई नजिकबाट नियालिरहेको बताउँदै थप सक्रिय भएर कार्य गर्न शुभकामना दिए ।

बाँकेको खजुरामा सामाजिक कार्यमा क्रियासिल संस्था आदर्श युवा सञ्जालले सोही अवसरमा २०८१ सालको भित्तेपात्रो विमोचन गरेको थियो । सञ्जालले सामाजिक कार्यलाई थप सक्रियता दिइने प्रतिबद्धता जनाउँदै सञ्जालले गरेका आफ्ना गतिविधिहरुलाई समेटेर भित्तेपात्रो प्रकाशन गरेको हो ।

सञ्जालका अध्यक्ष कल्पना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न सघंसस्थाका प्रतिनिधि, युवा क्लव, विद्यालयका प्रतिनिधि, युवा व्यवसायी, सुरक्षाकर्मि पत्रकार लगायतको उपस्थिती रहेको थियो । सञ्जालले भित्तेपात्रो प्रकाशनमा सहयोग गर्ने व्यवसायि, विद्यालय, संघ सस्था, व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेको सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : ३० बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको