१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड



लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन । लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा आज कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्तिको सन्देश प्रवाहमा विभिन्न समुदाय र विश्वविद्यालयको अहम्भूमिका हुनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा परम्परा विषयमा ज्ञान सम्प्रेषण गर्न विश्वविद्यालयले सबै क्षेत्रका व्यक्तिलाई बुद्धको आधारभूत शिक्षाका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्नुपर्दछ ।”

इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्ययताको लागि अनुपम स्रोतको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक, धार्मिक, पर्यटन विकासको लागि ठूलो अवसरको रूपमा लिनुपर्नेमा जोड दिए । विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययनअध्यापन संरक्षण तथा सम्बर्द्धनका नयाँ कार्यक्रम अगाडि बढाउन उनले सुझाव दिए ।

“नेपाल बुद्ध भूमि, हजारौं ऋषिमुनीहरूको योगदानले निर्माण गरेको तपोभूमि पनि हो,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले नेपाल विश्वकै आस्था र श्रद्धाको केन्द्र हो, यसको प्रवर्द्धन गर्ने दायित्व हाम्रो हो ।”

बौद्ध संस्कृति, कला, विहार तथा गुम्बा संसारकै लागि आकर्षणका सम्पदाहरू भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस्ता संरचनालाई आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढेको खण्डमा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले बौद्ध कला, साहित्य, पुरातत्व क्षेत्रको अनुसन्धान सम्बर्द्धन र प्रवर्द्धनबाट देशको गरिमा बढ्नुको साथै धार्मिक तीर्थस्थलको रूपमा योग, ध्यान, प्राकृतिक सौन्दर्य एवं शान्तिप्रेमी पर्यटकहरूका लागि आकर्षण गर्न सकिने बताए ।

“ओलाङचुङगोलादेखि टिङ्करसम्म अपार बौद्ध सम्पदा र संस्कृतिहरू छन् । त्यस्तै काठमाडौँ उपत्यका तीनै यानहरूको अभ्यासको थलो हो,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालमा एक अलग्गै बौद्ध संस्कृति निर्माण भएको छ । तिनीहरूको यथोचित संरक्षण र सम्बर्द्धन तथा प्रचारप्रसार गर्न सकियो भने मुलुकले धेरै ठूलो मात्रामा पर्यटकहरूलाई आकर्षण गर्न सक्नेछ । त्यसको नेतृत्व लुम्बिनी बौद्ध विश्वविद्यालयले गर्नेछ ।”

विभिन्न विदेशी विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदान भइरहेको आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस कार्यलाई अझ बृद्धि गर्दै बौद्ध शिक्षा अध्ययनका लागि लुम्बिनी जानुपर्छ भन्ने भाष्य विश्वभर विकास हुने र यसको जिम्मेवारी लुम्बिनी बौद्ध विश्वविद्यालयले लिनुपर्ने बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  २ : ३३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा