१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पञ्चकोटले दिइरहेको राष्ट्रिय सन्देश



बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञको बाटो रोजिएको छ । फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा कथा वाचन, पाठपरायणलगायत गतिविधि निरन्तर भइरहेका छन् ।

विसं २०७१ मा महायज्ञमार्फत धार्मिक संरचना तयार हुँदै आएको पञ्चकोटमा महत्वकाङ्क्षी योजना सम्पन्न हुँदैछन् । यहाँ अहिलेसम्म रु ५० करोड बढीका संरचना बनिसकेका छन् । त्यसबाहेक अग्लो कलश बनाउने अभियान अझै जारी छ । झण्डै रु पाँच अर्बको योजनामा यहाँ भइरहेका सबै काममा महायज्ञ, धनधान्याञ्चल र स्थानीयको दानमुठीकैभर छ ।

केही पूर्वाधार निर्माणका क्षेत्रमा स्थानीय र प्रदेश सरकार जोडिएको पञ्चकोटका परिकल्पनाकार स्वामी कमलनयनाचार्यले बताए । उनका अनुसार अधिकांश काम महायज्ञका लागि दानमुठी गरिएको रकमबाटै भएका छन् ।

फागुनको १० गते राष्ट्रपति रामचन्द्र पौडेलले महाघण्टको उद्घाटन गरे । त्यसयता पञ्चकोटमा देशका विभिन्न क्षेत्रका विज्ञ, सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि तथा देश विदेशका पर्यटन प्रवर्द्धकको बाक्लो उपस्थिति भइरहेको छ । पञ्चकोटमा महायज्ञ मात्रै भइरहेको छैन । १५ दिन लामो महायज्ञको कर्मकाण्डबाहेक हरेक दिन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरले चासो राख्नेगरी सन्देशहरु प्रवाह भइरहेका छन् ।

महायज्ञमा हरेक दिन फरक विषयका विज्ञको सम्मेलनले सन्देश प्रवाह गरिरहेका हुन् । पहिलो दिन फागुन ९ गते जल, ऊर्जा, विकास तथा वातावरण सम्मेलन भयो । जलसम्पदा जोगाउन विज्ञले अनुनय गरे । त्यो मात्रै होइन जलकै कारण विश्वयुद्धको सम्भावना औँल्याइयो । जुन विषय देशविदेशमा रहेर जलसम्पदाको चासो राख्नेका लागि मुख्य विषय बन्यो ।

फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलन भयो । विज्ञले शिक्षा नीतिमै सुधारको आवश्यकता औँल्याए । “महायज्ञको उद्देश्य एउटा पाटो हो, महायज्ञ अवधिमै भएका विज्ञ सम्मेलनले निकै राम्रो र दीर्घकालीन सन्देश दिएका छन्”, पूर्वसांसद तथा पञ्चकोट क्षेत्रकै स्थानीय इन्द्रलाल सापकोटाले भने, “विकाससँगै भइरहेका विनाशका विषय पनि पञ्चकोटले सम्झाएको छ । यसमा सरोकारवाला गम्भीर हुन जरुरी छ ।”

महायज्ञ अवधिमा फागुन १२ गते गण्डकी विकासको अवधारणा र कार्यान्वयन सम्मेलन, फागुन १३ गते प्रादेशिक राजनीति र सुशासन सम्मेलन भएको छ । फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्धति कार्यान्वयन सम्मेलन, फागुन १५ गते आत्मनिर्भरमुखी राष्ट्रिय कृषि, फागुन १६ गते योग तथा खेल, फागुन १७ गते पूर्वीय चिकित्सा पद्धति र जनस्वास्थ्य विकास, १८ गते राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तीय संस्थाको योगदान सम्मेलन भइसकेको महायज्ञ मूल संयोजक कमलनयनाचार्यले जानकारी दिए ।

आज समावेशीताको सिद्धान्त र महिलाको क्षमता विकास सम्मेलन, फागुन २० गते भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन हुनेछ । फागुन २१ गते समाजसेवा र समाजसेवीको प्रभावकारिता सम्मेलन, फागुन २२ गते प्राकृतिक स्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक संस्थाको संरक्षणसम्बन्धी सम्मेलन हुने संयोजक कमलनयनाचार्यले बताए । महायज्ञले देशको अहिलेको अवस्था चित्रण गर्ने र बिग्रेका विषय सुधार गर्न सरोकारवालालाई सन्देश दिने उनले बताए ।

ब्रह्माण्डीय महायज्ञ अहिलेसम्म नेपालमा नभएको र बागलुङमा पहिलोपटक भएको हो । ब्रह्माण्डीय महायज्ञ केबल धार्मिक कार्यक्रम मात्र नभई जल जोगाउन राष्ट्रिय आह्वान भएको कमलनयनाचार्यले बताए । पञ्चकोटमा भएका सम्मेलनले जल, ऊर्जा, विकास तथा वातावरण, देश विकासको अवधारणा र कार्यान्वयनका साथै राजनीति र सुशासनका विषय सन्देश दिइरहेका छन् ।

पन्ध्र दिनसम्म चल्ने महायज्ञमा २५ फिट अग्लो मौलो २१ हजार कर्ताबाट धान अर्पण गरेर पुरिनेछ । एक सय ५१ फिट अग्लो कलशमा करिब एक हजार पाँच सय व्यक्ति अटाउने गरी निर्माण भइरहेको छ । कलश निर्माणका लागि ४० फिट जमिनमुनिबाट फाउन्डेसन तयार पार्ने काम भइसकेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ३ : ०४ बजे

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले