१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

जसले क्रान्तिको नेतृत्त्व गर्छ, उसले नै शान्तिको महत्त्व बुझ्छ : प्रधानमन्त्री प्रचण्ड



दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी नेतृत्त्वले नै शान्तिको महत्त्वलाई गहिरोगरी बुझ्ने भएकाले त्यसलाई मनन गर्नुपर्ने बताएका छन । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको बताए ।

“हामीले गौरव गर्नुपर्छ । नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्त्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्त्व गर्ने अवसर प्राप्त गर्‍यौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले मैले भन्ने गरेको छु- जसले क्रान्तिको नेतृत्त्व गर्दछ, शान्तिको आवश्यकता र महत्त्व पनि त्यसले नै सबैभन्दा बढी बुझ्न सक्छ ।”

प्रधानमन्त्री प्रचण्डले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन सुरु गर्ने स्थान पनि भएको बताए ।

“विश्वशान्तिका अग्रदूत गौतमवुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन नेतृत्त्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित छ,” प्रधानमन्त्रीले भने, “क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त लुम्बिनी नै हो ।”

लुम्बिनीको विश्वव्यापी महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धभूमिको ‘ब्राण्डिङ’ गर्ने, पर्यटनमैत्री नीति र कानुनहरू निर्माण गर्ने, पर्यटन पूर्वाधार विकास गर्ने र पर्यटनमार्फत प्रदेशको विकास र समृद्धिमा गुणात्मक फड्को हान्नेतर्फ सोच्नुपर्नेमा जोड दिए ।

आफू तेस्रोपटक सरकारको नेतृत्वमा आएपश्चात सङ्घीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अन्तरप्रदेश समन्वय परिषद्को बैठक गरी सङ्घीयता कार्यान्वयनमा गति दिइएको बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ३ : ५० बजे

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री