२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पहिलो पटक बाँकेमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’



कोहलपुर । बाँके जिल्लामा पहिलो पटक फुटबलका खेलाडीहरुका लागि’एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु भएको छ । बाँके जिल्ला फुटबल संघ गठन भएको २८ वर्ष पछि पहिलोपटक कोहलपुर नगरपालिकाको लगानीमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ संचालन गरिएको हो । प्रशिक्षण कार्यक्रमको कोहलपुर नगरपालिकाको सभाहलमा आज औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । चार दिनसम्म कोहलपुरको १३ बिघामा सञ्चालन हुने कोचिङ्ग कोर्षलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिने छन् ।

उदघाटन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरमा एन्फाका पदाधिकारी प्रशिक्षणका लागि आउनु गौरवको कुरा रहेको बताए । ‘अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाललाई प्रतिनिधित्व गराउन नेपाली टीमलाई लिड गर्नु भएका हरी खड्का आज कोहलपुरमा उपस्थित हुनुलाई हामी सबैले गौरव ठान्नु पर्छ,’ उनले भने, ‘हामीलाई खेलकुद आयोजना गर्दै गर्दा कोचहरुको अभाव झेलिरहेका हुन्छौं । अब यो प्रशिक्षणले त्यो अभाव अन्त्य गर्छ भन्ने मलाई लाग्छ ।’

आचार्यले कोहलपुरमा रहेका १५ वटै वडालाई समावेश गराउनेगरी प्रशिक्षण कार्यकम आयोजना भएको र यो प्रशिक्षणबाट कोहलपुरले राम्रा कोचहरु पाउने बताए । साथै आचार्यले कोहलपुर गोलकप कोहलपुरका चिनारी रहेको बताउँदै कोहलपुरका नेतृत्वमा जो आए पनि कोहलपुर गोल्डकपलाई अपनत्व गर्दै निरन्तरता दिनु पर्नेमा जोड दिए ।

उपप्रमुख संगीता सुवेदीले कोहलपुरले हरेक क्षेत्रका खेलकुदका गतिविधिलाई प्राथमिकता दिइरहेको बताइन् । ‘हामीले हरेक क्षेत्रका खेलकुदका गतिविधिलाई प्राथमिकता दिँदै महिला, दृष्टिविहीन, पुरुष सबैका लागि खेलकुदका कार्यक्रम गर्दै आइरहेको र आयोजना गर्दै जाने छौं ।’ उनले भनिन् ।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विकले ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ कोहलपुरका लागि अति उपयोगी कार्यकम रहेको बताए । उनले यस्ता कार्यक्रमले कोहलपुरलाई फुटबल हव बनाउन सहयोग गर्ने बताए ।

एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले कोहलपुर नगरपालिकालाई धन्यवाद दिँदै पश्चिम क्षेत्रमा कोहलपुरले खेलकुदको क्षेत्रलाई प्राथमिकता दिइरहेको बताए । उनले कोहलपुरमा पनि अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न मिनी रंगशालाको अवधारणा लिएर अघि बढ्न आबस्यक रहेको बताए । उनले हाल ‘डी’ लाइसेन्सको प्रशिक्षण आयोजना भए पनि भविष्यमा ‘सी’ लाइसेन्सको पनि प्रशिक्षण आयोजना गरिने बताए ।

प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तुलगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीको सहभागीता रहेको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा उक्त कोचिङ्ग कोर्ष सञ्चालन भएको हो ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)केन्द्रीय सदस्य एलवी क्षेत्री, एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का, एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंह, एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल संघकका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश प्रशिक्षक जनक केसीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ५ : १८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले