७ चैत्र २०८२, शनिबार | March 22, 2026

साधन स्रोत र सुरक्षा दरबन्दी बिना बालसुधार गृह संचालनमा, १२ बालबन्दी फरार



नेपालगन्ज । बाँकेको बाल सुधार गृहमा दुई समूह बीच भएको झडप पछि भागेका मध्ये १२ बालबन्दी अझै सम्पर्कविहीन रहेका छन् । पुस १५ गते बालसुधार गृहमा भएको झडप पछि १५ बालबन्दी कारागारबाट भागेकोमा ३ जना सम्पर्कमा आएपनि १२ जना अझै सम्पर्कमा नआएका हुन् ।

सुधार गृहमा विभिन्न जिल्लाबाट १ सय १५ जना राखिएकोमा हाल १ सय ३ जना मात्र बालबन्दी रहेको नौबस्ता बालसुधार गृह प्रमुख श्याम रानाले बताए । उनले १२ जना फरार कै अवस्थामा रहेको बताए । नौबस्तामा बालबन्दी बीच झडप भएपछि सुरक्षा कारणले २१ जनालाई अलग्गै राखिएको उनले जानकारी दिए । बाल सुधार गृह सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । बाल सुधारगृहको सुरक्षाका लागि नेपाल प्रहरीले प्रहरी नायब निरीक्षकको कमान्डमा २५ जना र सशस्त्र प्रहरीले प्रहरी निरीक्षकको कमान्डमा ३० जना प्रहरीलाई नौबस्तामा राखिएको छ ।

सुधार गृह संचालनमा आएपनि त्यसका लागि आवश्यक सुरक्षाकर्मीको दरबन्दीको व्यवस्थापन नगरिएको प्रहरीले जनाएको छ । दरबन्दी नभएपछि भएकै प्रहरीहरू यताउताबाट तानेर सुधार गृहको सुरक्षाका लागि खटाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले बताए । संघ, संस्थाले भाँडाकुडा, खेलकुद सामाग्री सहयोग गरेको आधारमा सुधारगृहमा अतिरिक्त क्रियाकलप भएपनि शुद्ध खानेपानीको समस्या यथावत रहेको सुधार गृह प्रमुख रानाले बताए । उनले सुधार गृहमा रहेका बालबन्दीलाई कानुनी परामर्श र मनोसामाजिक परामर्श निकै आवश्यक रहेपनि उपलब्ध नभएको बताए ।

गत असोजमा बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा सुधार गृह सञ्चालनमा आएको थियो । बाँकेको डु्डुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा असोजको पहिलो साता एक बालकको ज्यान जाने गरी घटना भएपछि हतार हतारमा नौबस्ताको कारागारलाई बाल सुधार गृहकारुपमा संचालनमा ल्याइएको थियो । देशभर रहेका विभिन्न बाल सुधार गृह क्षमता भन्दा बढी र १८ बर्ष नाघिसकेका समेत बन्दीहरु रहँदा हुन सक्ने र भइरहेको विवाद र द्वन्द्वका कारण क्षेत्रीय कारागारको ब्लकमा बाल सुधार गृह सञ्चालनमा ल्याइएको थियो ।

१८ बर्ष नाघेका बालबन्दी सारिए पछि भने डुडुवाको बाल सुधार गृह सामान्य रूपमा चलिरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ७ : ११ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा