२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच पाँच बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित



काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच आज भएको वार्तामा पाँच बुँदे सहमति भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा आज साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी सङ्घले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको हो ।

वार्तामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरलगायतको सहभागिता रहेको थियो ।

दूधको भुक्तानी रोकिएको भन्दै सङ्घले यही फागुन ८ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेको थियो । अध्यक्ष कुँवरले सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ८ : ०२ बजे

बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका

गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज बाँकेको खजुरा आइपुग्ने

खजुरा । हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

महोत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

भीमफेदी दुर्घटना : गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

हेटौँडा । अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने