२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा



गुल्मी । पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट बुधबार बेलुकी सुक्खा पहिरो खसेको थियो ।

सडक डिभिजन कार्यालय, स्थानीय कालीगण्डकी गाउँपालिका र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी सडकमा थुुपिएको चट्टानसहितको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । सडक सञ्चालनमा आएसँगै तिहार मनाउन गाउँमा आएका र रुद्रवेणी‐पूर्तिघाट सडकखण्डमा रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतिर लागेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत गर्ने सवारी साधन तथा यात्रु थप समस्यामा परेका थिए । कालीगण्डकी करिडोर मुस्ताङसम्म पुग्ने छोटो सडक भएकाले पछिल्ला दिनमा व्यस्त रहने गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ५ : ०९ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी । पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको

एनपिएल : पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध

देउसी भैलोको बहानामा सार्वजनिक स्थानमा अश्लिल नृत्य गर्ने थप ३ जना पक्राउ

बुटवल । देउसी भैलोको बहानामा सार्वजनिक स्थानमा अश्लिल नृत्य गर्ने

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि