६ बैशाख २०८३, आइतबार | April 19, 2026

‘लुम्बिनी गुरुयोजना’ बाहिरको सुरक्षा व्यवस्थापन गर्न माग



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीको सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन माग गरिएको छ । विकास कोषका पदाधिकारीसहितको टोलीले आज यहाँ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा कोषको गुरुयोजना बाहिरको सुरक्षा व्यवस्थापनको जिम्मेवारीका विषयमा छलफल गरेको छ ।

कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी गुरुयोजना क्षेत्र बाहिरको सुरक्षा सशस्त्र प्रहरीमार्फत व्यवस्थापन गर्न माग गरे । यसअघि कोषको बैठकले सशस्त्र प्रहरीको स्थायी बेस क्याम्प स्थापनाको निर्णय गरी गृहमन्त्रालयमा फाइल पठाएको बताउँदै उनले यसबारे थप पहलका लागि ध्यानाकर्षण गराए ।

छलफलमा गृहमन्त्री श्रेष्ठले सशस्त्रको स्थायी बेस क्याम्प स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले विकास कोषको कामका सन्दर्भमा यसको व्यवस्थापन र विकासका लागि सम्बन्धित मन्त्रालयमा थप पहल गर्ने बताए ।

छलफलमा उपाध्यक्ष डा लामाले गुरुयोजना कार्यान्वयन, बृहत्तर लुम्बिनी क्षेत्रको विकासका सन्दर्भमा सङ्घीय सरकारबाट सहयोगको अपेक्षा राखेको बताए । छलफलमा कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिक आम्दानीबाट खर्च गरिँदै आएको बताउँदै बजेटमा प्राथमिकता दिन आग्रह गरे ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विकास क्षेत्र संवेदनशील भएकाले यहाँको सुरक्षा संयन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनी बाहिरको सुरक्षा सशस्त्र प्रहरीले गर्नुपर्ने भन्दै अहिले अस्थायी क्याम्प भएकाले यसलाई स्थायी बनाउन अनुरोध गरे ।

 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १२ : २७ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका