२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने



जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए ।

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए ।

मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मतका लागि प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले हिजो पत्राचार गरेका थिए।

विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वास लिनुअघिसम्म संवाद जारी राख्ने मुख्यमन्त्री यादवले बताए ।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

सत्तारुढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाउनुभएको छ । एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  ३ : ४१ बजे

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि

हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान

टर्किए । कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

रास्वपा सभापति लामिछानेद्वारा भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छठ मनाउन

लामिछानेको ह्याट्रिकसहित ६ विकेट, १३२ रनमै समेटियो पोखरा

काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै

एनपीएलमा सन्दीप लामिछानेको ऐतिहासिक ह्याट्रिक

काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग