७ श्रावण २०८३, बिहिबार | July 23, 2026

माछापुच्छ्रे बैंकमा असफल कारोबार घरैबाट रिपोर्ट गर्न सकिने



काठमाडौं । माछापुच्छ्रे बैंकको डिजिटल कारोबार गर्दा प्राबिधिकरुपमा असफल भएको अवस्थामा अवदेखि बैंक धाउनु नपर्ने भएको छ ।

दिनानुदिन डिजिटल कारोबार संख्या वृद्धि हुंदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उदेश्यले माछापुच्छ्रे बैंकले डिजिटल माध्यमबाट भएका कारोबार मध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोवाईल बैंकिङ्ग एप वा वेबसाईट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको छ ।

नयाँ सुबिधा अन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिने छ । असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएकोे जानकारी मेसेज र ईमेलबाट ग्राहकलाई गराइने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

विज्ञान र प्रविधिका अनेकन आयामहरुलाई प्रयोगमा ल्याई आफुलाई स्मार्ट बैंकको रुपमा परिचित गराई रहेको माछापुच्छ्रे बैंकले असफल डिजिटल कारोबारहरु बैंकसम्म नआईकनै जहाँकही बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको बैंकले सूचित गरेको छ ।

बैंकका अनुसार यस अन्र्तगत ग्राहकले आफ्नो मोवाईल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् । यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रकृया अगाडी बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्वन्धित रकम आफै फिर्ता गर्नेछ ।

स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरु प्रदान गर्दै आएको र विभिन्न डिजटिल बैंकिङ्ग सेवा सुविधाहरु प्राप्तगर्न बैंकको कार्यालय सम्म पुग्नै नपर्ने गरी सेवा समेत प्रदान गरिरहेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक डिजिटल कारोवारमा आधुनिक प्रविधी भित्र्याई सो को प्रवर्धन, सम्बर्धन तथा कार्यान्वय गर्ने बैंक मध्येमा अग्रस्थानमा रहँदै आएको छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १२ : ५८ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट