६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

बुटवलमा पहिलोपटक प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुने



बुटवल । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुटवलमा मंंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी २०८० आयोजना हुने भएको छ । रुपन्देही उद्योग संघको हलमा प्रतिष्ठानको प्रादेशिक ललितकला प्रदर्शनी २०८० का लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो ।

ललितकला प्रदर्शनीबारे जानकारी गराउन आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपती लालकाजी लामाले पहिलो पटक काठमाडौं उपत्यका बाहिर यस प्रकारका कार्यक्रम आयोजना गरिएको जानकारी दिए । देशका ७ वटै प्रदेशमा आयोजना गरिने प्रदर्शनीबाट उत्कृष्ट कलाको छनोट गरी नगदर पुरस्कारसहित सम्मान गरिने लामाले जानकारी दिए ।

‘सामाजिक रुपान्तरण, ललितकलाको अभियान’–भन्ने मूल नाराकासाथ यही फागुन २२ गतेदेखि २६ गतेसम्म आयोजना गरिने प्रदर्शनीमा विभिन्न शैक्षिक संस्थाका विद्यार्थी तथा सर्वसाधरणहरुले समेत अवलोकन गर्ने आयोजकले जनाएको छ । लुकेर बसेका कला साहित्य र संस्कृतिको खोजी तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ चित्रकला, हस्तकला, लोककला मूर्तिकला, वास्तुकला जस्ता विधालाई समेट्ने प्रयत्न गरिएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवम् लुम्बिनी प्रदेश प्रादेशिक प्रदर्शनीका संयोजक प्राज्ञ दिनेश महतोले जानकारी दिए । प्रदर्शनीका लागि लुम्बिनी प्रदेका १२ वटै जिल्लाबाट हालसम्म १२४ जना कलाकारहरुका २ सय बढी कलाकृति सहभागी हुने सुनिश्चित भएका छन् ।

प्रदर्शनी पश्चात छनोट भएका प्रतियोगी कलाकृत्तिहरुलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गराइने महतोले जानकारी दिए । विभिन्न विधाहरुमध्ये प्रदेशमा उत्कृष्ट कलालाई नगद ५० हजार पुररस्कार राशीले सम्मान गर्ने कार्यक्रम रहेको छ । यसैगरी चित्रकला विधामा परम्परागत चित्रकला र समसायिक चित्रकला, परम्परागत लोक मूर्तिकला, आधुनिक मूर्तिकला, शिल्पकला हस्तकला, लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधाका विजेतालाई नगद ३० हजार रुपैयाँका दरले सम्मान गर्ने कार्यक्रम रहेको छ । यसैगरी प्रदर्शनीमा छानिएका कलाहरुलाई २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइने आयोजकले जनाएको छ । उक्त प्रदर्शनीमा सहभागी कलाहरु मध्ये सर्वोत्कृष्ट बन्ने कलालाई नगद १ लाख नगद पुरस्कार राशी तथा विद्यागततर्फ उत्कृष्ट कलालाई ६० हजार नगद पुरस्कारले सम्मान गरिने बताइएको छ ।

प्रदर्शनीको बीचमा कवि गोष्ठी, कलाकारहरुको बीचमा कला सम्बन्धि अन्तरक्रिया र विभिन्न विद्यालयमा अध्ययनरत बालवालिका बीच चित्रकला कार्यशाला समेत आयोजना गरिने कालाकार यमबहादुर थापाले जानकारी दिए । सामाजिक रुपान्तरणसँग जोड्दै कलामा जागरण ल्याउनुका साथै रैथाने कला, सीप र ज्ञानलाई तल्लोतहसम्म पुन्याउने प्रयत्न रहने थापाले बताए । लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगपालिका, तिलोतत्तमा नगरपालिका, रामग्राम नगरपालिका लगायतका संघ–सस्थाहरुको सहकार्यमा प्रदर्शन आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : २२ बजे

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न