६ बैशाख २०८३, आइतबार | April 19, 2026

पाकिस्तानमा शिक्षकले हाने आफनै छात्रालाइ एसिड



इस्लामबाद । पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् । सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । आरोपित शिक्षक भने पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कक्षामा केही विषयलाई लिएर शिक्षक र छात्राबीच झगडा भएको थियो । यसबाट शिक्षक निकै रिसाए र बदला लिने नियतले एसिड प्रहार गरे । घटनामा विद्यार्थीका दुई आफन्त पनि जलेका छन् ।

जियो न्यूजका अनुसार घटना शनिबार भएको र आइतबार प्रहरीले यसबारे जानकारी गराएको थियो । कराँचीको पोश क्षेत्र निपा चौरङ्गीमा एउटा विद्यालय छ, अलिशा नामकी ती विद्यार्थी त्यहाँ पढ्छिन् । शनिबार कक्षामा शिक्षक इफ्तिखारसँग उनको झगडा भएको थियो ।

स्कुल सकिएपछि अलिशाका दुई मामा उनलाई लिन स्कुल आए । इफ्तिखार विद्यालयबाहिर एक ठाउँमा एसिड प्रहार गरी उभिएका थिए । उनले पहिले अलिशासँग झगडा गरेपछि उनीमाथि एसिड हाने । अलिशाका मामाले उनलाई रोक्न खोजे तर उनीहरू शिक्षकले हानेको एसिडबाट जल्न पुगे ।

घटना लगत्तै आरोपी इफ्तिखार पक्राउ परेका थिए । अलीशा हाल कराँचीको एक अस्पतालमा भर्ना छिन् । उनका काका नोमान र फैजान डिस्चार्ज भएका छन् ।

अलिशाका मामा नोमानले शिक्षक इफ्तिखार विरुद्ध उजुरी दिएका छन् । यसमा भनिएको छ, ‘मेरी भान्जी अलिशा उनको आईटी प्रमाणपत्र लिन स्कूल गइन्। यहाँ उनले कक्षामा गएर शिक्षक इफ्तिखारसँग यसबारे सोधिन् । केही समयपछि अर्का शिक्षक अरशद यहाँ आइपुगे । उनले अलिशासँग पनि दुर्व्यवहार गरेका थिए ।’

यसपछि अलिशाले घर गएर मामालाई यसबारे जानकारी गराइन् । केही समयपछि उनी मामासँग विद्यालय पुगिन् । दुवैले इफ्तिखारलाई सोधपुछ गर्दा उनी रिसाए । फर्कने क्रममा उनले अलिशा र उनका दुई मामामाथि एसिड प्रहार गरेका थिए । जसका कारण उनी जलेका हुन ।

गत महिना २२ जनवरीमा पनि २२ वर्षीया विद्यालय शिक्षिकामाथि एसिड प्रहार गरिएको थियो । यो घटना लाहोरको हो । उनीसँगै काम गर्ने एक शिक्षकले महिला शिक्षिकालाई विवाहको प्रस्ताव गरेका थिए तर महिला शिक्षिकाले त्यसलाई अस्वीकार गरिन् । यसबाट आक्रोशित भएर उनले उक्त घटना गराएका थिए ।

उक्त घटनामा महिला शिक्षिका गम्भीर घाइते भएकी छन् भने उनी अहिले पनि लाहोरको एक निजी अस्पतालमा भर्ना छन् । अभियुक्त पक्राउ परेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ८ : ०२ बजे

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर । यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन्

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा । जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’