६ श्रावण २०८३, बुधबार | July 22, 2026

नाजिर हुसेनको बढ्दो व्यस्तता, ‘केटी हराएको सूचना’मा सृष्टीसँग जोडी बाँध्दै



काठमाडौं । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नाजिरले अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । सोमबार लिएर स्कृपट पूजा गर्दे नयाँ फिल्म ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो ।

यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टी श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् ।

ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको छ । गौचनले यस अघि चर्चित टेलीसिरियल ‘उजेली’ निर्देशन गरेका थिए ।

‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी रहेको छ । अम्बर महर्जन छायाँकार रहेको फिल्मको बिहीबार देखि काठमाडौँ र जनकपुरमा गरिने निर्माण पक्षले जनकारी दिएको छ ।

अभिनेता नाजिरको यति बेला हलहरूमा फिल्म अगस्त्य च्याप्टर १ प्रदर्शनरत छ । यो फिल्मबाट उनको तारिफ भइरहेको छ ।

दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । जसबाट नाजिर निकै उत्साहित देखिन्छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : ४८ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न