८ बैशाख २०८३, मंगलबार | April 21, 2026

गत वर्ष इरानमा ८३४ लाई मृत्युदण्ड, सन् २०१५ यताकै उच्च



पेरिस । इरानले गत वर्ष कम्तीमा आठ सय ३४ जनालाई मृत्युदण्ड दिएको दुई अधिकार समूहले मङ्गलबार बताएका छन् । इरानमा मृत्युदण्डको सजाय बढ्दै गर्दा उक्त सङ्ख्या सन् २०१५ यताकै उच्च हो ।

इरानले हालैका वर्षहरूमा फाँसी दिएर कार्यान्वयन गरेको मृत्युदण्डको सङ्ख्या सन् २०२२ मा करिब ४३ प्रतिशतले बढेको छ । नर्वेस्थित ह्युमन राइट्स (आइएचआर) र पेरिसस्थित टुगेदर अगेन्स्ट द डेथ पेनाल्टीको संयुक्त प्रतिवेदनमा एक वर्षमा आठ सयभन्दा बढी मृत्युदण्डको सजाय दुई दशकमा यो दोस्रो पटक भएको बताएका छन् । सन् २०१५ मा नौ सय ७२ लाई मृत्युदण्ड दिइएको थियो ।

दुवै समूहले इरानमाथि सन् २०२२ सेप्टेम्बरमा महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युपछि अधिकारीहरूलाई हल्लाएको विरोध प्रदर्शनका क्रममा इरानले समाजमा डर फैलाउनका लागि मृत्युदण्डको सजायको प्रयोग गरेको आरोप लगाएका छन् ।

आइएचआरका निर्देशक महमुद अमिरी-मोघद्दमले प्रतिवेदनमा भनेका छन, “सामाजिक त्रास उत्पन्न गर्नु भनेको सत्तामा टिकिरहने शासनको एक मात्र तरिका हो र मृत्युदण्ड यसको सबैभन्दा महत्त्वपूर्ण साधन हो ।” प्रतिवेदनमा आठ सय ३४ को आँकडालाई ‘आश्चर्यजनक कूल’ भनिएको छ ।

अधिकार समूहहरूका अनुसार इरानले सन् २०२२ को विरोध प्रदर्शनहरूमा सुरक्षा बलमाथि हमलासँग सम्बन्धित मामिलामा नौ जनालाई मृत्युदण्ड दिएको छ । तीमध्ये सन् २०२२ मा दुई, सन् २०२३ मा छ र सन् २०२४ मा एक जनालाई मृत्युदण्ड दिइएको छ ।

यद्यपि अन्य आरोपहरूमा मृत्युदण्डको सजयालाई बढाइएको छ । विशेषगरी हालैका वर्षमा गिरावट देखिएको लागुपदार्थसम्बन्धी मामिलामा मृत्युदण्डको सजाय बढेका छन् । “सन् २०२३ मा लागुपदार्थसँग सम्बन्धित मृत्युदण्डको सङ्ख्यामा नाटकीय वृद्धि हुनु विशेष चिन्ताको विषय हो, यो बढेर चार सय ७१ सम्म पुगेको छ । सन् २०२० मा रेकर्ड गरिएको आँकडाको तुलनामा यो १८ गुणा बढी हो”, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा जातीय अल्पसङ्ख्यकका सदस्यहरू विशेषगरी इरानको दक्षिणपूर्वबाट सुन्नी बलुचलाई लागुपदार्थसँग सम्बन्धित आरोपमा ‘मृत्युदण्ड दिइएका मानिसहरूमा अत्यधिक प्रतिनिधित्व गरिएको’ बताइएको छ । समग्रमा बलुच अल्पसङ्ख्यकका कम्तीमा एक सय ६७ सदस्यलाई मृत्युदण्ड दिइएको छ । यो सन् २०२३ मा कूल मृत्युदण्ड सङ्ख्याको २० प्रतिशत हो । बलुच अल्पसङ्ख्यकको जनसङ्ख्या इरानमा केवल पाँच प्रतिशतको हाराहारीमा छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  २ : २३ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति