२५ चैत्र २०८२, बुधबार | April 8, 2026

आज साँझ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा ‘महाकमेडी विथ महाजात्रा’ को लाइभ शो हुँदै



बुटवल । बुटवलमा आज साँझ ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने भएको छ । बुटवल-११ रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज साँझ ६ बजेदेखि चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यियन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ आयोजना गरेका हुन् ।

फिल्मको प्रचारप्रसार र हास्यव्यंग्य कार्यक्रम प्रत्यक्ष हेर्न चाहने दर्शकसँग साक्षत्कार गर्न कार्यक्रम गर्न लागिएको ‘कमेडी नाइट विथ च्याम्यिन’ का निर्देशक बिशाल भण्डारीले बताए । ‘कमेडी क्लब विथ च्याम्पियन गर्दाखेरी काठमाडौं बाहिरका दर्शकले प्रत्यक्ष रुपमा कार्यक्रम हेर्ने इच्छा देखाएका कारण यो कार्यक्रम गर्दैछौँ’, उनले भने ।

महाजात्राका कलाकारहरु राजाराम पौडेलसहित विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का लगायत बुटवलमा बुधबार साँझ ६ बजेदेखि हुने कार्यक्रममा सहभागी हुनेछन् । निर्माणको तयारीमा रहेको कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्यिन’का अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापाको प्रस्तुती रहनेछ ।

टेलिभिजनमा प्रसारण हुने कार्यक्रमकै फर्म्याटमा सो हुने निर्देशक भण्डारीले बताए। महाजात्राको कुराकानीसँगै कलाकारको रोस्ट रहने उनले बताए । पोखराबाट सुरु भएको ‘महाकमेडी विथ महाजात्रा’ बुटवलपछि २५ गते धनगढीमा हुनेछ । फागुन ३० गते बिर्तामोड, चैत १ गते इटहरी, ३ गते हेटौँडा र ४ गते नारायणगढमा ‘महाकमेडी विथ महाजात्रा’ टोली जानेछ । कार्यक्रममा सहभागी हुनका लागि खल्ती एप मार्फत टिकट खरिद गर्न सकिने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ४ : ४१ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री