१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रचण्ड सरकारका १६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ नियुक्ति पाएका मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति भवन सितल निवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सोमबार तीन जनाले विना विभागीय मन्त्रीलाई शपथ खुवाएका प्रधानमन्त्री प्रचण्डले बुधबार १६ जना मन्त्री थप गरेका छन् । आज मनत्री थपिएसँगै प्रचण्ड मन्त्रीमण्डलको संख्या २० सदस्यीय बनेको छ ।

सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन् । यस्तै पहिलो नै सपथ खाएका पदम गिरीलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री बनाइएको छ भने दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी मन्त्री रहने गरी कार्यविभाजन भएको छ ।

यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका छन् ।

त्यसैगरि रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठलाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ ।

नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो ।

वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन् । तर, जसपाबाट हालसम्म मन्त्री टुङ्गिएका छैनन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : ०७ बजे

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर