१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

नेपालगन्ज-गुलरिया हुलाकी सडकको कालोपत्रे सुरु

गुणस्तर र समयसिमामा सकेर चिनियाँ ठेकेदारलाई नमुना देखाउने ठेकेदार कम्पनीको घोषणा



नेपालगन्ज । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत नेपालगन्ज–गुलरिया सडक खण्डमा नेपालगन्ज तर्फबाट कालोपत्रेको काम शुरु भएको छ । हलाकी सडकको नेपालगन्जको प्रस्थान बिन्दु नन्दनी मिलदेखि एकतर्फी सडक कालोपत्रेको काम शुरु भएको हो ।

निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले सरकारले समयमै बजेट व्यवस्थापन गरे ठेक्का अवधि सकिनु १ वर्ष पहिले नै काम सक्ने बताएर फर्के लगत्तै कालोपत्रेको काम सुरु भएको हो । निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँगै सो सडकको अनुगमन गर्न आएका बेला प्रबन्ध निर्देशक शर्माले यसै वर्षमा कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने बताएका थिए ।

११.६ किलोमिटर चारलेन र १६.०२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर लामो सडक विस्तार कार्य २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुने गरी शर्म एण्ड कम्पनीले गत वर्ष माघ १५ गतेदेखि निर्माण कार्य शुरु गरेको थियो । एक वर्षको अवधिमा करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीको दाबी छ ।

ठेकेदार कम्पनीले धमाधम काम अगाडि बढाएपनि हुलाकी सडक निर्देशनालयले भने कार्य सम्पन्न भएको मध्य ४४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको कार्यालयले जनाएको छ । करोडौंको काम सम्पन्न गरिसक्दा पनि भुक्तानी नपाएपछि काम रोक्ने मुडमा पुगेको कम्पनीलाई निवर्तमान मन्त्री ज्वाला सहित निर्देशनालयका उच्च अधिकारीहरुले भुक्तानी गर्ने आश्वासन दिएपछि काम सुचारु गरिएको ठेकेदार कम्पनीले जनाएको छ

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको थियो । मन्त्रालयको जम्बो टोली सहित आएको निवर्तमान मन्त्री कै अगाडी कम्पनीका प्रबन्ध निर्देशक शर्माले नेपालगन्ज गुलरिया सडकको निर्माण सम्पन्न गरेर गुणस्तरियता र समय सिमाका विषयमा बुटवल-नारायणगढ सडक निर्माण गरिरहेको चिनियाँ ठेकेदारलाई नमुना देखाउन चाहेको बताएका थिए ।

सोही सडक अन्तर्गत खजुरा बजार खण्डको १८ सय मिटर सडक भने अर्का ठेकेदार कम्पनी गजुमुखी निर्माण प्रालीले कन्तबिजोग बनाएर छाडेको छ । गुणस्तरहिन सडक बनाएको गजुरमुखीले निर्माण सम्पन्न नहुँदै दर्जनौ स्थानमा तालतुल पार्दै काम गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १२ : ३४ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा