२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

भारतीय राजदूतावास र माइती नेपालको आयोजनामा मनाइयो नारी दिवस



काठमाडौंस्थित भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा माइती नेपालको प्राङ्गणमा अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

“Invest in Women: Accelerate Progress” and “Inspire Inclusion” भन्ने नाराका साथ महिलाहरुको योगदानको सम्मान एवम् कदर गर्न उक्त कार्यक्रम मनाइएको हो ।

नेपालकै पहिलो महिला मुख्यमन्त्री श्रीमती अष्टलक्ष्मी शाक्य प्रमुख अतिथि रहेको उक्त उक्त कार्यक्रममा माइती नेपालकी संस्थापक श्रीमती अनुराधा कोइरालासँगै भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तव पनि सहभागी थिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक संघसंस्थाका प्रतिनिधि, माइती नेपालका छात्राहरु लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नारी दिवसको महत्वमाथि प्रकाश पार्दै माइती नेपालले नेपाली महिलाको हित र समृद्घिका लागि गरेको अथक प्रयासको प्रशंसा गरे। नियोग उप–प्रमुख श्रीवास्तवले सन् २०१७ मा भारत सरकारले श्रीमती कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गर्दै वहाँले यस क्षेत्रमा पुर्याएको प्रयासलाई भारत सरकारले पनि कदर गरेको बताए ।

प्रमुख अतिथि अष्टलक्ष्मी शाक्यले भारत र नेपालबीच रहेको विशिष्ट सम्बन्धको महत्वमाथि प्रकाश पार्दै नेपालमा महिला सशक्तिकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको बताइन।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती अनुराधा कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत कार्यक्रम बारे जानकारी गराइन। उनले राजदूतावासको निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि शाक्य र नियोग उप–प्रमुख श्रीवास्तवले मेनुका पौडेल र श्रीमती रत्न कुमारी सुनुवारलाई उनीहरुको प्रेरणादायी उपलब्धिका लागि सम्मान गरे ।

काठमाडौंकी पौडेलले आफ्नो गायन प्रतिभाको माध्यमबाट नेपाल र भारतमा र पछिल्लो समय इन्डियन आइडल (२०२३) मा प्रशंसा बटुल्न सफल भएकी थिइन् । यस्तै, श्रीमती रत्न कुमारी सुनुवारले ८० वर्षको उमेरमा गत वर्ष कक्षा १२ उत्र्तीण गरेपछि अध्ययनमा उमेरले कुनै बाधा नपार्ने रहेछ भन्ने देखाउदै चर्चा कमाएकी थिइन् ।

सो अवसरमा भारतीय राजदूतावासले माइती नेपालका विद्यार्थीहरुलाई उपहार स्वरुप पुस्तक प्रदान गरेको थियो ।

भारतीय राजदूतावास र काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको सो कार्यक्रममा काठमाडौंका महिला वाद्यवादकहरुले सांगीतिक प्रस्तुति र माइती नेपालका छात्राहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । गायिका पौडेलले पनि सुमधुर गीतहरु गाएर दर्शकलाई मोहित बनाएकी थिइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ४ : ४२ बजे

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र