३० श्रावण २०८३, शनिबार | August 15, 2026

अन्नपूर्ण आधार शिविर प्रवेशद्वारमा एकीकृत पर्यटन सूचना केन्द्र



कास्की । विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी) प्रवेशद्वार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

अन्नपूर्ण–८ स्थित वीरेठाँटीमा स्थापना गरिएको सूचना केन्द्र गाउँपालिकाले गौरवको आयोजनाका रुपमा रहेको छ । पर्यटकलाई आफ्नो भ्रमण क्षेत्रको बारेमा पूर्वजानकारी गराउँदै पर्यटन क्षेत्रलाई सुरक्षित बनाउने प्रमुख उद्देश्य केन्द्रको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारी गरी रु ६० लाख लागतमा सो केन्द्र स्थापना गरिएको हो । केन्द्रमा सूचना प्रविधि अधिकृतसहित ती जना कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

पर्यटन सूचना केन्द्र विश्वकै उत्कृष्ट अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारमा स्थापना गरिएकाले सूचना केन्द्रबाट पर्यटकलाई आवश्यक सूचना तथा जानकारी प्रदान गरिने र पर्यटकलाई अप्ठ्यारो परेको अवस्थामा छिटो उद्धार गर्नसमेत सहयोगी हुने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । उनका अनुसार गाउँपालिकाले पर्यटन सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरिसकेको छ ।

“गाउँपालिकाको प्राकृतिक सम्पदा र परम्परागत कला तथा सांस्कृतिक सम्पन्नतालाई विश्व पर्यटकसमक्ष प्रचार, प्रसार र प्रवद्र्धन गर्न पर्यटन सूचना केन्द्र स्थापना गरेका हौँ”, उनले भने, “यसले पर्यटन क्षेत्रको विकासमा नवीनता थप्न तथा एकीकृत पर्यटन व्यवसायलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउने छ ।” सूचना केन्द्रबाट सोधपुछ सहायता, गाउँपालिकाको पर्यटकीय, ऐतिहासिक, धार्मिकस्थलको जानकारी, पदमार्ग रुट सम्बन्धित जानकारी, मौसम सम्बन्धित जानकारी, ट्रेकिङ गाइड सम्बन्धित जानकारी , संरक्षण क्षेत्र भित्र पालना गर्नुपर्ने नियम सम्बन्धित जनकारी प्रदान गरिनेछ ।

यसैगरी आकस्मिक उद्धार एवं आकस्मिक उपचारको लागि समन्वय, हराएका सामानको सम्पर्क, इमेल इन्टरनेटमा पहुँच, जैविक विविधता, हिमाली क्षेत्र र संस्कृतिको अध्ययन अनुसन्धान, जलवायु परिवर्तनसम्बन्धी खोज अनुसन्धान, पर्यटन र प्रविधिको संयोजनसम्बन्धी जानकारी एवं खोज, समुदाय परिचालनसम्बन्धी नमूनालगायतका सेवा प्राप्त हुनेछ ।

एकीकृत पर्यटन सूचना केन्द्रमा सोधपुछ÷सहायता कक्ष, सेवा प्रवाह कक्ष, पर्यटन लाइब्रेरी, सङ्ग्रहालय तथा हस्तकला एवं आन्तरिक उत्पादन प्रदर्शन तथा बिक्री कक्षको व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए। उनका अनुसार पालिकाले सीपमूलक तालिममार्फत लाइसेन्स प्राप्त ३५ जना ट्रेकिङ गाइडसमेत तयार पारिसकेको छ ।

सूचना केन्द्रलाई समयानुकूल प्रविधिमैत्री बनाउँदै लैजाने गरी गाउँपालिकाभित्रका पर्यटकीय, ऐतिहासिक, धार्मिक क्षेत्र, पर्यटन पदमार्ग, महत्वपूर्ण स्थानको जानकारी, तीन सय ६० डिग्री भ्यु, भर्चुअल टुर, फोटो, भिडियो, गाउँपालिकाका क्षेत्रभित्र गर्न सकिने क्रियाकलाप, होटल तथा होमस्टे विवरण सहितको पर्यटन पोर्टल एवं मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याइएको छ ।

समग्र पर्यटन क्षेत्रको विकासको लागि सूचना केन्द्रमार्फत ट्रेकिङ गाइड, होटल व्यवस्थापन तालिम हस्तकला सामग्री उत्पादनलगायतका विभिन्न सीपमूलक तालिम प्रदान गरिने बताइन्छ । सूचना केन्द्रलाई जैविक विविधता, हिमाली क्षेत्र र संस्कृतिको अध्ययन अनुसन्धान, जलवायु परिवर्तनसम्बन्धी खोज अनुसन्धानको हबको रुपमा विकास गर्दै लैजाने लक्ष्य लिइएको लिइएको प्रवक्ता गुरुङले बताए ।

उनले आवश्यकताका आधारमा अन्य स्थानमा समेत सेवा केन्द्र स्थापना र सञ्चालन गर्न सकिने जानकारी दिए। वीरेठाँटी अन्नपूर्ण आधार शिविर तथा प्रख्यात घोरेपानी र पुनहिल पर्यटकीय क्षेत्रको प्रवेशद्वारका रुपमा रहेको छ । वीरेठाँटीबाट पदयात्रा सुरु गरी पर्यटक पुन हिल तथा घोरेपानी पुग्ने गर्दछन् ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ९ : ५६ बजे

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न