२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँट हुँदै



काठमाडौं। सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँट हुँदैछ ।

सर्वोत्तमको आइपीओ हात पार्न भाग्यकै भर गर्नुपर्छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान १० बजे नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट तयारी गरिएको हो ।

यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदनले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा आवेदकले १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् ।

जसमा ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नछन् भने आवेदन दिएका बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ । सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि १६ गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १० : ०८ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने