७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

मधेश प्रदेश : सिटी स्क्यान खरिद प्रकरणमा छानबिन समिति गठन



जनकपुर । मधेश प्रदेश स्वास्थ मन्त्रालय द्वारा खरीद गरिएको सिटी स्क्यान मेसिनमा घोटाला भएको विभिन्न सञ्चार माध्यममा समाचार आएपछि त्यसको बारेमा छानबिन गर्न समिती गठन गरिएको छ।

स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहको सेटिङमा मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले सर्लाही र सिरहाका लागि खरिद गर्नलागेको सिटी स्क्यान प्रकरणमा घोटाला भएको समाचार आएपछि प्रदेश सकारकाले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

छानबिन समितिमा नवौँ तहका अधिकृत डाक्टर ईन्द्रजीत रजक, बायोमेड इञ्जिनियर शैलेन्द्र यादव र शाखा अधिकृत रवीन्द्र यादव रहेका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट छानबिनका लागि उनीहरुलाई आधिकारिक समितिको पत्र पुगेको छ ।

आपूर्ति केन्द्रले खरिद गर्न लागेको २० करोड रुपैयाँको दुई वटा सिटी स्क्यान मेसिन खरिदका लागि मेडिकल व्यवसायी विशाल पण्डितको हस्पिटेक कम्पनीले मात्र खरिद गर्न पाउने गरी २०१२ को १२ वर्ष पुरानो फिलिप्सको मेसिन किन्ने उद्देश्यले टेन्डर स्पेसलक गरेको थियो । स्वास्थ्यमन्त्री सिंह र विशाल पण्डितको काठमाडौँस्थित बसेरा होटलमा सिटी स्क्यान मेसिन खरिद बारे वार्ता गरेको आरोप लगाइएको थियो ।

पण्डितलाई ठेक्का दिनकै लागि मुख्यमन्त्री सरोजकुमार यादवसँग सल्लाह गरेर निर्देशक नागेन्द्र यादवलाई सरुवा गरेर मन्त्री सिंहले आफ्ना विश्वासपात्र डा। मनीष पाण्डेलाई निमित्त निर्देशक बनाएको स्रोतको दाबी रहेको छ।

पण्डितको कम्पनीलाई ठेक्का दिने प्रोजेक्ट बनाउन पण्डितकै कम्पनीका पूर्व कर्मचारी वन्दना मिश्रलाई परामर्शदाता नियुक्त गरिएको छ । दरबन्दीका बायोमेड इन्जिनियर शैलेन्द्र यादवलाई सरुवा गरिएको थियो । सरुवा गरिएका ईन्जिनियर शैलेन्द्र यादवलाई सरकारले अहिले छानबिनमा जिम्मेवारी दिएको छ ।

व्यावसायी पण्डितको सेटिङमा खरिद प्रकरण अघि बढेपछि कैयौं मीडियाले लगातार खबरदारी गर्दै आएको थिए । मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मधेश प्रदेश सभाको सार्वजनिक लेखा समितिमा अर्का मेडिकल व्यवसायी नारायण कार्कीले एउटा कम्पनीलाई मात्र ठेक्का दिने काम रोकेर सबैलाई प्रतिस्पर्धा गर्न पाउने गरी टेन्डर आव्हान गर्न माग गरेका थिए।

साथै यस प्रकरणमा मुछिएका पण्डित, पाण्डे र मिश्रमाथि छानबिन गरी कारबाही गर्न ब्यवसायी कार्कीले माग गरेका थिए

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ११ : १८ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली