२६ बैशाख २०८१, बुधबार | May 8, 2024

माछाका भुरा उत्पादनमा समस्या



कैलाली । कैलालीको गेटामा रहेको मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ । जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो ।

वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादन गर्न समस्या भएको मत्स्य विकास केन्द्र गेटाका निमित्त प्रमुख निर्मलबहादुर खातीले जानकारी दिए । बीस बिघा जमिनमा फैलिएको मत्स्य विकास केन्द्रमा ४२ पोखरीमा माछाका भुरा उत्पादन हुँदै आएको थियो । यहाँ प्रारम्भमा सात प्रकारका माछाका भुरा राख्ने पोखरी निर्माण गरिएका थिए ।

निमित्त प्रमुख खातीका अनुसार माछा उत्पादनका लागि १७ नर्सरीको व्यवस्था गरिएको छ । भुरा उत्पादन गरी सुपथ मूल्यमा बिक्री गरिँदै आएको छ । मत्स्य विकास केन्द्र हाल ह्याचरी, फिङ्गर र फ्राई माछाका भुरा उत्पादन गर्दै आएको छ । झण्डै पाँच दशक वर्षअघि निर्माण गरिएका ह्याचरी पोखरीको मर्मत गर्न सकिएको छैन । भुरा राख्न नयाँ पोखरी निर्माण गर्नुपर्ने निमित्त प्रमुख खातीले बताए ।

“बजेट अभावले जीर्ण संरचना मर्मत गर्न सकिएको छैन”, उनले भने ।

मत्स्य विकास केन्द्रले गत आर्थिक वर्षमा तीन करोड २० लाख ह्याचरी भुरा उत्पादन गरिएकामा चालु आव २०८०/८१ मा चार करोड ह्याचरी भुरा उत्पादन गर्ने लक्ष्य छ । तीस कट्ठा जग्गामा नयाँ पोखरी निर्माण गर्न सकिने निमित्त प्रमुख खातीले बताए । उनले भने, “क्षेत्र विस्तार भएपछि आठ करोड भुरासम्म उत्पादन गर्न सकिन्छ । सुदूरपश्चिमका लागि ७० प्रतिशत माछाका भुराको आपूर्ति गर्न सकिन्छ ।”

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन वर्षअघि निर्माणका लागि ठेक्का गरेको आधुनिक ह्याचरीको काम बजेट अभावमा पूरा हुन सकेको छैन् । सो ह्याचरीको काम पूरा गर्न सकियो भने एक वर्षमा आठ करोड भुरा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ । प्रदेश सरकारले बजेट विनियोजन नगरेकाले नयाँ संरचना थप गर्न समस्या भएको हो ।

मत्स्य विकास केन्द्रले एक लाख भुरा रु दुई हजार पाँच सयमा बिक्री गर्दै आएको छ । केन्द्रमा उत्पादित माछाका भुरा सुदूरपश्चिमका नौवटै जिल्लासहित बाँके, बर्दियालगायत जिल्लामा बिक्री गरिँँदै आएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ७ : ५६ बजे

चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द

नयाँदिल्ली । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी

अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला

नेपालगन्ज । अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु

नयाँ दल दर्ता प्रक्रिया नै असंवैधानिक छ, हामी अदालत जान्छौं- जसपा अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर । ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा

काठमाडौं । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको