१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

मैत्रीपूर्ण खेलमा नेपाली सेनाको वज्रदल विजयी



बाँके । महाशिवरात्रि तथा दुई सय ६१औँ सेना दिवसका अवसरमा बाँकेको राँझास्थित वज्रदल गणले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपाली सेनाले एकका विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । आज यहाँ आयोजित मैत्रीपूर्ण खेलमा नेपाल प्रहरीलाई एकका विरुद्ध दुई गोलले हराउँदै वज्रदल गण विजयी भएको हो ।

वज्रदल गणका तर्फबाट सुमन थारूले आठ मिनेटमा एक गोल गरेका थिए भने सोही गणका निरज खातीले एक गोल गर्नुभएको थियो । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय बाँकका तर्फबाट अनिल चौधरीले खेलको सत्रौँ मिनेटमा एक गोल गरेका थिए ।

यसैगरी, उक्त मैत्रीपूर्ण भलिबल खेलमा वज्रदल गणले नै विजय हासिल गरेको छ । वज्रदल गण र बाँकेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण मख्यालय वागिश्वरीबीच भएको भलिबल खेलमा २५–१७, २५–१४ को सेटले सशस्त्रलाई पराजित गर्दै वज्रदल गणले जित हात पारेको हो ।

प्रतियोगिताका विजयी खेलाडीलाई जिल्ला न्यायाधीश भीष्मराज प्रसाईंले नगद रु १० हजार पुरस्कार प्रदान गरेका थिए। विभिन्न संस्थालाई सम्मान गरिएको थियो ।

मैत्रीपूर्ण फुटबल र भलिबल खेलको उद्घाटन सत्रमा न्यायाधीश प्रसाईं, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, चार नम्बर वाहिनीका वाहिनीपति सहायकरथी प्रकाश थापा, वज्रदल गणका गणपति प्रमुख सेनानी रवीन श्रेष्ठ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहोरा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विमल डाँगी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख ओम खड्कालगायत उपस्थित थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  २ : ०४ बजे

बजेटबारे पूर्व अर्थमन्त्री एवं दलका नेताको मिश्रित प्रतिक्रिया

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं विभिन्न राजनीतिक नेताहरूले आज प्रस्तुत बजेटप्रति

जिज्ञासुको ‘अग्निस्पन्दन’ विमोचन र ‘विवश आमा’ गीत सार्वजनिक

नेपालगन्ज । बाँकेमा रहेर साहित्य साधना गरिरहेकी साहित्यकार कल्पना पौडेल

गणतन्त्र दिवसको अवसरमा प्रहरी कार्यालय परिषरमा निःशुल्क स्वास्थ्य शिविर

खजुरा । गणतन्त्र दिवसको अवसर पारेर बाँकेको खजुरामा निशुल्क स्वास्थ्य

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले

यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल