३ पुस २०८२, बिहिबार | December 18, 2025

निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरीको असन्तुष्टि



बुटवल । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचनको आयोगको गरेको निर्णयको विषयमा आफू अदालत जाने सक्ने बताएका छन्। शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन आयोगको पत्र अझैसम्म नबुझेको बताउँदै आइतबार १० बजेपछि पत्र बुझेर नयाँ ढङ्गबाट जाने बताएका हुन्।

उनले अहिलेसम्म पत्र स्पष्टसँग अध्ययन नभएकोले पत्र बुझेपछि राजनीतिक या कानुनी उपचार खोज्ने बताए। देशका निकै थोरै पार्टीको मात्र महाअधिवेशन हुने र त्यसमा नागरिक उन्मुक्ति पार्टी एक भएको बताउँदै उनले महाअधिवेशन पार्टीको सर्वोच्च निकाय भएको र त्यसले गरेको निर्णयमा निर्वाचन आयोगले बाधा पुर्‍याएकाले उचित उपचार खोजिने उनको भनाइ थियो।

उनले सुदूरपश्चिममा आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता नहुने बताए। उनले देशमा ठूला पार्टीले देशका लागि नसोच्दा समस्या भएको बताए। उनले आफ्नो पार्टीको जम्मा ४ सिट भएकाले ठूला दलहरूले भ्यागुतोको धार्नी बनाउने गरेको आरोप लगाए।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ६ : २८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका