१८ असार २०८३, बिहिबार | July 2, 2026

निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरीको असन्तुष्टि



बुटवल । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचनको आयोगको गरेको निर्णयको विषयमा आफू अदालत जाने सक्ने बताएका छन्। शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन आयोगको पत्र अझैसम्म नबुझेको बताउँदै आइतबार १० बजेपछि पत्र बुझेर नयाँ ढङ्गबाट जाने बताएका हुन्।

उनले अहिलेसम्म पत्र स्पष्टसँग अध्ययन नभएकोले पत्र बुझेपछि राजनीतिक या कानुनी उपचार खोज्ने बताए। देशका निकै थोरै पार्टीको मात्र महाअधिवेशन हुने र त्यसमा नागरिक उन्मुक्ति पार्टी एक भएको बताउँदै उनले महाअधिवेशन पार्टीको सर्वोच्च निकाय भएको र त्यसले गरेको निर्णयमा निर्वाचन आयोगले बाधा पुर्‍याएकाले उचित उपचार खोजिने उनको भनाइ थियो।

उनले सुदूरपश्चिममा आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता नहुने बताए। उनले देशमा ठूला पार्टीले देशका लागि नसोच्दा समस्या भएको बताए। उनले आफ्नो पार्टीको जम्मा ४ सिट भएकाले ठूला दलहरूले भ्यागुतोको धार्नी बनाउने गरेको आरोप लगाए।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ६ : २८ बजे

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३