१६ बैशाख २०८१, आइतबार | April 28, 2024

राष्ट्रियसभा अध्यक्ष निर्वाचन तालिका प्रकाशन, माओवादीबाट दाहाल र कांग्रेसबाट शर्मा उम्मेदवार



काठमाडौं । सङ्घीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ।

सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि सोमवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।

सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ। सहमति अनुसार माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ ।

कांग्रेसले भने यस अघि प्रचार गरिएको कृष्ण प्रसाद सिटौलालाई पछाडि तानेर बाँकेका युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

राष्ट्रिय सभा अध्यक्ष चयनका लागि पर्सि मङ्गलवार चुनाव हुँदैछ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : ११ बजे

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना