२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि २०१४ को विश्वकप टोलीलाई



बुटवल । लिजेन्ड कप टी-१० क्रिकेट प्रतियोगिताको उपाधि सन् २०१४ को टी-२० विश्वकप टोलीले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस खड्का नेतृत्वको टोलीले उपाधि जितेको हो ।

टी-२० विश्वकप टोलीले दिएको १०२ रनको लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रनमात्र बनाउन सक्यो ।

रेस्ट अफ नेपालका लागि युनिल श्रेष्ठले १८ र सीता रानामगरले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा टी-२० विश्वकप टोलीका स्यामसुङ जङ थापाले ४, शक्ति गौचन र बद्री पङ्गेनीले २-२ विकेट लिए ।

रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको टी-२० विश्वकप टोलीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।

टी-२० विश्वकप टोली कप्तान पारस खड्काले विस्फाेटक इनिङ खेलेका थिए । उनी रेस्ट अफ नेपालविरुद्ध १२ बलमा ३९ रन बनाएर आउट भएका हुन् । वीरेन्द्र शाहले २९ र प्रफुल्ल वैद्यले १३ रनको योगदान दिए ।

बलिङमा रेस्ट अफ नेपालका लाक्पा लामाले ४, राजकुमार प्रधान र दीपेन्द्र चौधरीले एकएक विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ६ : २६ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज