२८ मंसिर २०८२, आइतबार | December 14, 2025

रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यन विजयी



भैरहवा । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन-डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को खेलमा लुम्बिनी शाक्यन क्रिकेट क्लब विजयी भएको छ । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले साई ग्लोबल एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरले फराजित गर्दै जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ५७ रनको विशाल लक्षय प्रस्तुत गर्यो । उसका लागि राहत हुसेनले अर्धशतकीय पारी खेल्दै ५९ रन बटुल्दा संदीपसिंह लोधले ४७, अजमत एजाज अलीले २९, अब्दुल रबले २१, विष्णु ठठेरले १९ र बैतुल्लाह खाँनले १२ रन जोड्न सफल भए । लुम्बिनीले अतिरिक्त मात्रै ५६ रन पाएको थियो । बलिङमा साई ग्लोबलका अभिषेक कोहाँरले ९.४ ओभर बलिङ गर्दै ६९ रन खर्चेर ५ वकिेट लिए । यस्तै, मोइन नाउले २ तथा राहुल थापामगर र अलदीप कुँवरले समान १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको साई ग्लोबल ३५ ओभर ४ बलमा १ सय ६४ रन बनाउँदै अलआउट भयो । उसका लागि प्रयाशराज गैरेले ४९, अलदीप कुँवरले ३५, अविजित ज्ञवालीले ३१ र अनुरागविक्रम शाहीले १४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उसलाई तल्लो क्रममा रोक्न बलिङमा लुम्बिनी शाक्यनका अहम्मद हुसेनले १० ओभर बलिङ गर्दै ३७ रन खर्चेर ४ विकेट लिँदा बैतुल्लाह खाँनले ३ तथा आकाश गैरे र एजाज अलीले १-१ विकेट लिए । खेलमा लुम्बिनी शाक्यनका राहत हुसेन म्यान अफ द म्याच भए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेकोसंघका सचिव संजय गुरुङले बताए ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ५ : ०० बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर