९ पुस २०८२, बुधबार | December 24, 2025

‘खुला सिमा, भन्सार, ठेला र हाटबजारले खुद्रा किराना व्यवसायीलाई चुनौती’



बुटवल । खुला सिमानाका, भन्सार तथा दर्ता बिहिन सञ्चालन हुने हाटबजारहरुले खुद्रा किराना व्यवसायीलाई चुनौती सिर्जना भईरहेको सरोकारवालाले गुनासो गरेका छन । हाटबजारमा दर्ता नभई गर्ने व्यवसाय गर्ने तथा ठेला र झोलामा सामाग्री बेच्न हिड्नेबाट व्यवसायी समस्यामा परेको बताएका हुन ।

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १७ औं साधारणसभा तथा नवौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले दर्ताबिहिन व्यवसायीलाई करको मापदण्डमा ल्याउन आग्रह गर्दै उपमहानगरपालिकाबाट नियमित अनुगमन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले समाजमा सबैभन्दा नजिक हुने र प्रत्यक्ष सबैको भान्सा सम्म पुग्ने खुद्रा किराना व्यवसायीहरु खुल्ला सिमा नाका र खुला भन्सार नितिले कारण नै मुख्य समस्या रहेको बताएका छन ।

उनले बुटवल उपमहानगरले साना व्यवसायी बचाउने गरि कामहरु गरिरहेको बताउदै नगरप्रमुख पाण्डेयले खुद्रा किराना व्यवसायीलाई सिपमा जोड्न तथा क्षमता अभिबृद्धीका लागि सहकार्य गर्न बुटवल उपमहानगर तयार रहेको भन्दै योजना सहित उपमहानगर आउन आग्रह गरे ।

उनले उपमहानगरले अनुगमनका कामहरु नियमित गरिरहेको भन्दै संघले झक झकाउने बताए । संघको भवन बनाउन जग्गाको लागि पटक पटक आग्रह आईरहेको भन्दै कानुन सम्बन्त तरिकाले जिल्ला प्रशासन कार्यालयमार्फत आउन आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ अध्यक्ष नरिश्वर शर्मा पौडेलले बुटवलले संघ संग आवश्यक सहकार्य गर्न तयार रहेको बताए । संघका सल्लाहकार कृष्ण पाण्डेले सरकारी संयन्त्रवाट अनुगमन तथा कडाईका साथ काम हुन नहुदा अहिले खुद्रा किराना ब्यवसायी समस्यामा रहेको बताए । अनुगमनमा नाममा खुद्रा किराना ब्यवसायीहरुमाथी धरपकडको अवस्था अन्त्य हुनुपर्ने माग गरे ।

कार्यक्रममा पूर्व सल्लाहकार कृष्ण प्रसाद भुसालले दर्ता नगरेका व्यवसायीले थोरै मूल्यमा बिक्री गर्ने र त्यस्ता पसलमा अनुगमन नगर्दा खुद्रा व्यवसायीहरुलाई समस्या भईरहेको बताए । पूर्व अध्यक्ष कमला गौतमले हाटबजारमा ताजा तरकारी तथा फलफुल मात्रै बिक्रि वितरण गर्नुपर्ने भएपनि त्यो नभइ किरानाका सामाग्री समेत राख्दा समस्या भएको बताईन ।

कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका जगदिश नेपाल, नेकपा एमाले बुटवल अध्यक्ष किशन ज्ञवाली, माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसाल, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका उपाध्यक्ष बिमलराज भट्टराई , रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनाल, नेपाल बजार बिक्री प्रतिनिधि संघ लुम्बिनीका कृष्ण भुसाल,लुम्बिनी डेरी व्यवसायी संघका अध्यक्ष रामकृष्ण शर्मा, खुद्रा किराना व्यवसायी संघका पूर्व अध्यक्ष केशब कुवर,उपाध्यक्ष राधा आचार्य भुसाल, महासचिव गोपाल प्रधान लगायतले बोलेका थिए ।

पत्रकार आचार्य सम्मानित

सोही अवसरमा सञ्चार क्षेत्रबाट समुदायमा योगदान गरेको भन्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य, बुद्ध सामुदायिक टेलिभिजन तथा लुम्बिनी प्रेस डट कमका प्रवन्ध निर्देशक प्रदीप आचार्यलाई नगद सहित सम्मान गरिएको थियो ।

सोही अवसरमा संघका उत्कृष्ट सदस्य तथा एसईई र प्लस टु उत्तीर्ण गरेका सदस्यका सन्तानलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष मोहन प्रसाद बस्यालको प्रतिवेदन तथा सचिव दधिराम ज्ञवालीको सचिवको प्रतिवेदन, कोषाध्यक्ष टिकाराम शर्मा पौडेलले कोषाध्यक्षको प्रतिबेदन र लेखा समिती संयोजक विकास राज पौडेलको लेखा समिती प्रतिवेदन पारित भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ५ : ४४ बजे

एभरेष्ट माविको सांस्कृतिक कार्यक्रममा अतिरञ्जित प्रचारप्रति विद्यालय प्रशासनको आपत्ति

बुटवल । बुटवल-८ सुख्खानगरमा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयले आफ्ना शैक्षिक

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका