७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लुम्बिनीका विहार तथा गुम्बामा व्यावसायिक रुपमा पर्यटक राख्ने गरेको गुनासो



लुम्बिनी । लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन् ।

विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको भन्दै व्यावसायिक रुपमा पर्यटक राख्ने व्यवस्था स्थायीरुपमा रोक लगाउन व्यवसायीले माग गरेका छन् ।

लुम्बिनी होटल सङ्घ, नेपालले आज लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र स्थायीरुपमा समाधान गर्न ठोस कार्य अगाडि बढाउन आग्रह गरेको छ । सङ्घका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले विहार तथा गुम्बा गुरुयोजना क्षेत्र बाहिर रहेका होटलसँग व्यावसायिक प्रतिस्पर्धा गर्दै पर्यटक राख्ने ठाउँमा फेरिएको बताए ।

“विहार र गुम्बा भनिने ठाउँ बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना होइन, व्यापारको थलो बनेका छन्”, उनले भने, “यस खालको अनियमितता र गुरुयोजनाको मर्मविपरीतको कार्य नरोकिँदा निजी क्षेत्रको लगानी र व्यवसायलाई सङ्कटमा पु¥याएको छ ।”

अध्यक्ष ज्ञवालीले विगतमा राम्रो व्यवसाय सञ्चालनमा रहेका लुम्बिनी क्षेत्रका होटलमध्ये गत वर्ष खोलिएका १० भन्दा बढी स्थायीरुपमा बन्द भएको र यस वर्ष थप होटल बन्द हुने अवस्थामा पुगेका बताए । सङ्घका महासचिव पुरुषोत्तम अर्यालले विहार तथा गुम्बालाई होटलको रुपमा सञ्चालन गरेर होटल व्यवसायलाई धरासायी बनाइएको बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई मार्फत सङ्घले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् कोषका अध्यक्ष हितमान तामाङलाई बोधार्थ पठाइएको महासचिव अर्यालले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै कोषाध्यक्ष भट्टराईले व्यवसायीको माग जायज भएको र कुनै न कुनैरुपमा सम्बोधन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : २५ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा