२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

‘रमजान’ रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भावजस्ता पवित्र अभ्यासको संयोजन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न क्रियाशील रहेको बताएका छन् ।

आजदेखि सुरू भएको रमजान पर्वका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले मौलिक पहिचानको संरक्षणमार्फत आन्तरिक एकता सुदृढ गरी राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र भएको उल्लेख गरे । उनले यस्ता चाडपर्व, धर्म र संस्कारले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता प्रवद्र्धन तथा राष्ट्रिय एकता र राष्ट्र हितलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।

प्रधानमन्त्री प्रचण्डले एक महिनासम्म मनाइने रमजान पर्वमा महिनाभरिमा इस्लाम धर्मावलम्बी सूर्यको उदय र अस्तको बीचमा निराहार व्रत बसी आत्म सन्तुलन, आत्मविश्वास तथा मानवीय तृष्णालाई सीमित गरेर भक्तिभावतर्फ केन्द्रित हुने उल्लेख गरे । रमजान पर्व व्रत अर्थात् रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भावजस्ता पवित्रताका अभ्यासको संयोजनका रुपमा रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले रमजानमा महिनाभर दान दिने, गरिब र असहायलाई सेवा गर्नेसमेत गरिने उल्लेख गरे । यसपर्वले मानिसलाई सत्मार्गमा डो¥याउन, विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीलगायत समस्त दिदीबहिनी तथा दाजुभाइमा रमजानुल मुवारक र सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले यस पर्वले मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहिष्णुता, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत पार्दै राष्ट्रको समृद्धि र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ९ : ५७ बजे

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक