४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

भारतीय कस्टमबाट प्लाइउड निर्यातमा अवरोध, सरकार गुहार्दै उद्योगी



नेपालगन्ज । भारतीय पक्षले गुणस्तर चिन्हको निहु निकालेर प्लाइउड आयातमा रोक लगाएपछि नेपालबाट भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यात थप्प भएको छ ।

नेपालगन्ज नाका अन्तर्गत भारतीय सिमाको रुपईडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नको निहु निकालेर अवरोध सिर्जना गरेपछि नेपालगन्जबाट प्लाइउडको निकासी थप्प भएको हो ।

बाँकेका प्लाइउड उद्योगी एवं प्लाइउड उत्पादक सङ्घ नेपालका सदस्य पशुपति दयाल मिश्रले भारतले गुणस्तर प्रमाण चिह्नका नाममा गैरकानूनी अवरोध गरेको बताए । भारत सरकारले गुणस्तर चिन्ह अनिवार्य लागु गरेपनि साना उद्योगहरुका लागि ३ महिना छुट दिएको थियो । नेपाल भारतको पूर्वका सिमा नाकाबाट ३ महिनाको छुट उपयोग गर्दै प्लाइउड निकासी भइरहेपनि नेपालगन्ज नाकामा भने भारतीय भन्सारले अवरोध गरेको उद्योगी मिश्रले बताए । अवरोधका कारण एक मार्चदेखि नेपालगन्ज नाकाबाट प्लाइउड निर्यात थप्प भएको छ ।

उनले भारतीय उच्च अधिकारीहरुले कुनै अवरोध नरहेको छ नियम अनुसार ३ महिना छुट दिन परिपत्र गएको बताएपनि रुपैडिहा कस्टमले निकासी हुन नदिएको बताए । केन्द्र सरकारको निर्णय अनुसार पूर्वमा निकासी जारी रहँदा पश्चिमको नेपालगन्जमा मात्र किन अवरोध हुन्छ ? मिश्रले प्रश्न गरे । नेपाल सरकारबाट पहल गरेर अवरोध अनत्यको पहल गरिदिन मिश्रले माग गरे । उनले भारतीय कस्टमको यो अवरोध कायमै रहने हो भने नेपालका ६० प्रतिशतभन्दा बढी प्लाइउड उद्योग बन्द हुने बताए ।

पछिल्लो समय भारतमा अत्यधिक मात्रामा नेपाली प्लाइउड निर्यात हुँदै आएको थियो । भारतीय प्लाई उद्योगीको अनुचित दवाबमा परेर स्थानीय कस्टमले निकासीमा अवरोध गरेको नेपाली उद्योगीहरुको आरोप छ ।

ओम प्लाई एन्ड फर्निचर प्रालिका सञ्चालकसमेत रहेका उद्योगी मिश्रले भारतीय कस्टम कमिस्नरलाई भेटेर समस्या अवगत गराएको जनाउँदै कमिस्नरले परिपत्र भइसकेको बताएपनि कस्टममा कार्यान्वयन नभएको बताए ।

भारतीयहरुको उद्योगीहरुको दबाबमा नेपाली उत्पादन रोक्ने बहानामा मात्र भएको उद्योगीहरुको भनाई छ । सन १९९१ देखि चिनियाँ खेलौना निर्यात भइरकेकोमा गुणस्तर चिन्ह (बिएसआई)कै बहानामा रोक लगाएको र चिनियाँ कम्पनीले बिएसआईका लागि आवेदन दिएको २५ वर्ष सम्म उपलब्ध नगराएको उद्योगी मिश्रले सुनाए ।

अर्का प्याई उद्योगी चम्पालाल बोथराले भारतीय उद्योगीहरुको अनुचित लाभ लिएर कस्टमले अबरोध गरेको आरोप लगाए । पानीटंकी नाका र जोगबनी नाकाबाट प्लाई निर्यात भइरहँदा रुपैडिहामा मात्र अवरोध गरिएको उनले गुनासो गरे । नेपाली उद्योगहरुले भारतीय गुणस्तर चिन्हका लागि आवेदन गरेको भएपनि बिभिन्न उल्झन सिर्जना गरेर चिन्ह उपलब्ध गराउन आलटाल गर्ने गरेको उनले बताए । गुणस्तर प्रमाण चिह्नका नाममा निर्यात रोकिने अवस्था कायमै रहने हो भने केही दिनमै अधिकांंश उद्योग बन्द हुने उनले बताए ।

उनले यसका लागि नेपाल सरकारले भारतीय सरकारसँग समन्वय गरेर यो समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार, पछिल्लो सात महिनामा मात्रै करिब १७ करोड रुपियाँ मूल्य बराबरको प्लाई नेपालगन्ज नाकाबाट भारत निकासी भएको थियो ।

पूर्वी र पश्चिमी दुवैतर्फका नाकाबाट गत आवमा मात्र भारततर्फ ६० लाख क्युबिक मिटर बढी प्लाइउड निर्यात भएको थियो । धेरै निर्यात हुने ३० वस्तुभित्रको सूचीमा परेको प्लाइउड पछिल्लो पाँच महिनामा मात्रै २७ लाख क्युबिक मिटर निर्यात भएकोे छ ।

भारत सरकारले गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेबु्रअरी २८ पछि प्लाइउडमा आइएसआई प्रमाण अनिवार्य गरिएको जनाएको थियो । सूचनामा आइएसएस प्रमाण लिन साथै साना उद्योगहरुले ३ महिना सूचना लागु नहुने पनि जनाइएको थियो । भारतीय अधिकारीहरुले सूचनाको गलत ब्याख्या गर्दै साना उद्योगको हकमा भारतीय उद्योगकालागि मात्र रहेको भन्दै नेपाली उत्पादनमा रोक लगाएको शिखर प्लायका संचालक बोथराले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १२ : ४५ बजे

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली