१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका विगमार्टमा १० प्रतिशत छुट दिने



माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ ।
बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

बैंकले ग्राहकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १०% वा बढिमा रु.२०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको हो । यो क्यासब्याक वीगमार्टका रामबजार, पस्र्याङ, बगर, शितलादेवी, र फूलबारी शाखामा प्राप्त हुनेछ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ । साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : १७ बजे

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

काठमाडौं । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ

गुल्मीमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ

गुल्मी । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका

दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र

तनहुँ । राष्ट्रिय परिचयपत्र लिने मानिस नआउँदा १४ हजार थान