६ माघ २०८२, मंगलबार | January 20, 2026

राष्ट्रियसभाको गरिमा र मर्यादालाई उच्च राख्न ध्यान केन्द्रित गर्छु : अध्यक्ष दाहाल



काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई अध्यक्षमा निर्वाचित गरेकामा सभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा दाहालले आफूलाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष हुनुअघि चार दशक राष्ट्रिय राजनीतिमा बिताएको उल्लेख गरे। अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति आफूले व्यक्तिगत वा संस्थागत भूमिका निर्वाह गरेको स्मरण गरे ।

उनले भने, “मैँले सम्झेसम्म जनतालाई धोका हुने काम गरेको छैन, मैँले प्राप्त गरेको यो भूमिका खास पारिवारीक सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु, तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा सीमित थिएन र छैन, हाम्रो सम्बन्ध सँधैभरि विचार केन्द्रित सहकर्मीको रुपमा कायम छ ।” उनले आफ्नो सम्पूर्ण परिवार लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि सम्पूर्ण आन्दोलनमा होमिएको तर परिवारले त्यसको लाभ वा भुक्तानी नमागेको र नमाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।

अध्यक्ष दाहालले भने, “अध्यक्षका रुपमा नाम मनोनयन दिनदेखि नै मैँलै मेरो दलीय आबद्धता र संलग्नता त्याग गरेको छु, राष्ट्रियसभाको सदस्यको रुपमा मेरो चयन गैरदलीय आधारमा नै भएको हो, तथापि म नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा क्रियाशील थिएँ ।” उनले अबको राजनीतिक दर्शन र विश्वास समृद्ध नेपाल निर्माणका लागि, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुुदृढीकरण र समानुपातिक समावेशी प्रणाीलीलाई संस्थागत गर्नमा केन्द्रित हुने बताए ।

अध्यक्ष दाहालले राष्ट्रियसभालाई परिपक्व र विज्ञहरुको सदन बनाउँदै यसको गरिमा र मर्यादालाई उच्च राख्न आफ्नो ध्यान केन्द्रित हुने बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : २७ बजे

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी

बुटवल । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नेकपाका संयोजक प्रचण्डद्वारा उम्मेदवारी दर्ता

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

रुपन्देही-२ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्धार पाण्डेले गरे मनोनयन दर्ता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)

बाँके-३ को निर्वाचनमा कांग्रेस र एमालेमा असन्तुष्टी चुलिँदै

नेपालगन्ज । नेपाली कांग्रेसले बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको