१५ चैत्र २०८२, आइतबार | March 29, 2026

राष्ट्रियसभाको गरिमा र मर्यादालाई उच्च राख्न ध्यान केन्द्रित गर्छु : अध्यक्ष दाहाल



काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई अध्यक्षमा निर्वाचित गरेकामा सभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा दाहालले आफूलाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रियसभाका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष हुनुअघि चार दशक राष्ट्रिय राजनीतिमा बिताएको उल्लेख गरे। अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति आफूले व्यक्तिगत वा संस्थागत भूमिका निर्वाह गरेको स्मरण गरे ।

उनले भने, “मैँले सम्झेसम्म जनतालाई धोका हुने काम गरेको छैन, मैँले प्राप्त गरेको यो भूमिका खास पारिवारीक सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु, तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा सीमित थिएन र छैन, हाम्रो सम्बन्ध सँधैभरि विचार केन्द्रित सहकर्मीको रुपमा कायम छ ।” उनले आफ्नो सम्पूर्ण परिवार लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि सम्पूर्ण आन्दोलनमा होमिएको तर परिवारले त्यसको लाभ वा भुक्तानी नमागेको र नमाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।

अध्यक्ष दाहालले भने, “अध्यक्षका रुपमा नाम मनोनयन दिनदेखि नै मैँलै मेरो दलीय आबद्धता र संलग्नता त्याग गरेको छु, राष्ट्रियसभाको सदस्यको रुपमा मेरो चयन गैरदलीय आधारमा नै भएको हो, तथापि म नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा क्रियाशील थिएँ ।” उनले अबको राजनीतिक दर्शन र विश्वास समृद्ध नेपाल निर्माणका लागि, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुुदृढीकरण र समानुपातिक समावेशी प्रणाीलीलाई संस्थागत गर्नमा केन्द्रित हुने बताए ।

अध्यक्ष दाहालले राष्ट्रियसभालाई परिपक्व र विज्ञहरुको सदन बनाउँदै यसको गरिमा र मर्यादालाई उच्च राख्न आफ्नो ध्यान केन्द्रित हुने बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : २७ बजे

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा