२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी



भैरहवा । मोहम्मद हुसेन र मिथलेश यादवको विस्फोटक ब्याटिङमा प्रोफेसनल मास्टर्स-११ ले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन-डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को बुधबारको खेलमा शानदार जित निकालेको छ । उसले बुटवल युथमाथि ३ सय ७९ रनको अन्तरले ऐतिहासिक जित निकालेको हो । साढे दुई दशकको सुपरलिग इतिहासमा यो सबैभन्दा फराकिलो रन अन्तरको जित हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर जितेर ब्याटिङमा आएको प्रोफेसनलले निर्धारित ४९ ओभरको अ‍ेलमा ४७ ओभर २ बलमा सबै विकेट गुमाएर ४ सय ५६ रनको विशाल योगफल बनायो । उसका लागि ९१ ब्लको सामना गरेका मोहम्मदले २१ चौका र ३ छक्काको मघतमा १ सय ४४ रनको पारी खेले । यस्तै, आक्रमक ब्याटिङ गरेका मिथलेशले ८९ रन बनाउँदा अजय त्रिपाठीले ४६, आदित्य त्रिपाठीले ३२, जयप्रताप यादवले अविजित २४, सफ्दरजंग खानले २०, अमनकुमार यादवले १५ र इमरान खानले १४ रन बनाए ।

बलिङमा बुटवल युथका अनिल चौधरीले ३, प्रविण ढकाल र विनित अधिकारीले २-२ तथा सोनु मल्लाह र अभिषेक पटवाले १-१ विकेट लिए ।

प्रतिउत्तरमा विशाल लक्षयसहित ब्याटिङमा आएको बुटवल युथ १८ ओभर १ बलमा ७७ रनमै अलआउट भयो । उसलाई सस्तैमा रोक्न प्रोफेसनलका मोहम्मद हुसेनले ३, जयप्रताप यादव र अजय त्रिपाठीले २-२ तथा तुसार चौहान र अमनकुमार यादवले १-१ विकेट हात पारे । बुटवल युथका लागि विनित अधिकारीले ३३ र अजय चौधरीले १५ रन बनाए पनि अन्य ब्याटर चल्नै सकेनन्, जसले गर्दा टिम भारी रनअन्तरले पराजित भयो । खेलमा प्रोफेसनलका मोहम्मद हुसेन म्यान अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ६ : ३७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले