६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा पोखरेल



बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा महेन्द्र प्रसाद पोखरेल सर्वसम्मत निर्वाचित भएका छन । संघको सम्पन्न १७ औं साधारणसभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा ज्ञान प्रसाद न्यौपाने,प्रथम उपाध्यक्षमा राधा आचार्य भुषाल , द्धितिय उपाध्यक्षमा गोपाल कुमार प्रधान,महासचिवमा दधिराम ज्ञवाली,कोषाध्यक्षमा टीकाराम शर्मा पौडेल, सचिव यमलाल बेल्वासे ,सहसचिवमा कुलचन्द्र गौतम, सह कोषाध्यक्षमा ईश्वर कुमार नेवार श्रेष्ठ चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा लक्ष्मी न्यौपाने, विमला गुप्ता, पुष्पा पोखरेल, राजकुमार श्रेष्ठ ,छबी रास्कोटी, बिष्णु प्र.अधिकारी, हुमनाथ पोखरेल, बुद्दीसागर पान्डे, दिपक काफ्ले ,रमेश ज्ञवाली रहेका छन । २४ सदस्यीय समिति रहेको संघमा बाँकी सदस्यहरुलाई पछि मनोनित गरिने संघका नवनिर्वाचित द्धितिय उपाध्यक्ष गोपाल कुमार प्रधानले जानकारी दिए ।

नव निर्वाचित अध्यक्ष पोखरेलले आफुलाई सर्बसम्मत निर्वाचित गराएर नेतृत्व हस्तान्तरण गरेकोमा सम्पुर्ण संघ परिवारलाई धन्यवाद दिदै खुद्रा किराना व्यवसायीको हकहितमा रहेर काम गर्ने बताए ।

कार्यक्रमको उद्घाटन सत्रमा संघका अध्यक्ष मोहन प्रसाद बस्यालको प्रतिवेदन तथा सचिव दधिराम ज्ञवालीको सचिवको प्रतिबेदन, कोषाध्यक्ष टिकाराम शर्मा पौडेलले कोषाध्यक्षको प्रतिबेदन र लेखा समिती संयोजक बिकास राज पौडेलको लेखा समिती प्रतिबेदन पारित भएको थियो

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ७ : ५५ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस