२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रुपन्देही सुपरलिग : शंकरनगरको जित



भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन-डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को बिहीबारको खेलमा शंकरनगर क्रिकेट क्लबले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई पराजित गर्दै जित हात पारेको छ । शंकरनगरले लुम्बिनीमाथि २ विकेटको जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा २५ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय १० रनको सामान्य स्कोर खडा गर्यो । उसका लागि अहम्मद हुसेनले २७, बैतुल्लाह खाँनले २४, राहत हुसेनले १३ र अब्दुल रबले १२ रन बनाए । बलिङमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्रीले ९ ओभर बलिङ गर्दै २ मेर्डन राखेर ३७ रन खर्ची ५ विकेट लिए । यस्तै, रुपेश बश्यालले ४ विकेट लिँदा केशब पौडेलले १ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको शंकरनगरले २९ ओभर ४ बलमा ८ विकेट गुमाउँदै १ सय १३ रन बनायो र जित निकाल्यो । उसको जितमा रौनक श्रीवास्तबले अर्धशतकीय पारी खेल्दै अविजित ७१ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा लुम्बिनी शाक्यनका अहम्मद हुसेनले ३, बैतुल्लाह खाँन र आकाश गिरीले समान २-२ विकेट लिए । खेलमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्री म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ५ : ३३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले